निजी विद्यालयमा बिदा : सञ्चालकको मनोमानी

0

काठमाडाैं – निजी विद्यालयहरूले कुनै मापदण्डविना बिदा दिने गरेका छन् । विद्यालय बन्दको विरोध गर्ने निजी विद्यालयको छाता संगठन प्याब्सन तथा एनप्याब्सन आफैँले भने कुनै आचारसंहिता निर्माण नगरी बिदा दिँदै आएका छन् ।

उनीहरूले काठमाडौं एनप्याब्सनका सहसचिव तथा गोकर्णेश्वर नगर एनप्याब्सनका अध्यक्ष बालकुमार गुरुङको निधनमा १ असार आइतबारका दिन काठमाडौंका सबै निजी विद्यालय बिदा गर्ने निर्णय गरेका छन् । आफूखुसी बिदा दिने प्याब्सन र एनप्याब्सनको निर्णयको अभिभावक महासंघले विरोध गरेको छ । जोरपाटीको कान्तिपुर एकेडेमीका सञ्चालक गुरुङको ३० असारमा निधन भएको थियो । काठमाडौँ प्याब्सन अध्यक्ष हरिकृष्ण श्रेष्ठ र एनप्याब्सन अध्यक्ष विष्णुप्रसाद पराजुलीले संयुक्त विज्ञप्ति जारी गर्दै आइतबार अन्य शिक्षालयहरूमा समेत शोक विदा दिन आव्हान गरेका छन् ।

तर, उनको निधनप्रति विद्यालय बन्द गरेर भन्दा अन्य तरिकाले शोक व्यक्त गरेको भए राम्रो हुने प्रतिक्रिया कतिपयले दिएका छन् । काठमाडौंका एक हजार भन्दा बढी निजी विद्यालयमा करिब दुई लाख विद्यार्थी अध्ययनरत छन् ।

Leave A Reply

Your email address will not be published.