धनुषामा मासिक युवा छलफलको शुभारम्भ

0

१८ वटै स्थानीय तहमा युवा संजाल गठन हुने 

जनकपुरधाम – जिल्ला युवा संजाल धनुषाको सकारात्मक पहल र नेतृत्वमा शनिबारदेखि मासिक युवा छलफलको शुभारम्भ गरिएको छ । 


जनकपुरधाममा युवाहरुको समस्या, चुनौती, अवसर र त्यसका समाधानका उपाए सम्बन्धमा सहभागीहरुले गहन रुपमा छलफल गरेका थिए । मासिक युवा छलफल कार्यक्रम अबदेखि प्रत्येक महिनाको अन्तिम शनिबार आयोजना गरीने जिल्ला युवा संजालका अध्यक्ष धिरज साहले जानकारी दिए । 


यस्तै आगामी केही समयभित्रै जिल्लाका १८ वटै स्थानीय तहमा युवा संजालको बिस्तार गरीने अध्यक्ष साहले जानकारी दिए । युवा छलफल कार्यक्रम जिल्ला युवा संजाल धनुषाका अध्यक्ष धिरज साहको अध्यक्षतामा सम्पन्न भएको थियो । 


यसैबीच आगामी असार ७ गते शनिबार बिश्व रक्तदाता दिवसको उपलक्ष्य पारेर जिल्ला युवा संजाल धनुषाले रक्तदान कार्यक्रमको आयोजना गरिने समेत जानकारी दिईयो । नेपाल परीवार नियोजन संघको सभाहलमा संचालित कार्यक्रममा विभिन्न क्षेत्रमा सकृय युवाहरू सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.