दीपिका पादुकोणलाई १४ करोड अफर

0

एजेन्सी – केही दिनअघि मात्र बलिउडका चर्चित जोडी अभिनेता रणवीर सिंह र उनकी पत्नी अभिनेत्री दीपिका पादुकोण विवाहपछि पहिलो पटक एकसाथ चलचित्रमा देखिने खबर सार्वजनिक भएको थियो । भारतको पहिलो क्रिकेट वर्ल्ड कपको कहानीलाई बयान गर्ने फिल्म ‘८३’ मा अभिनेता रणवीर सिंह कपिल देवको भूमिका निभाउँदै छन् ।

फिल्ममा गेस्ट अपियरेन्समा दीपिका कपिल देवको श्रीमती बन्दै छिन् । लण्डनमा छायांकन हुने यस फिल्मको चर्चा निर्माण घोषणा देखि नै चलि आएको छ । यस्तैमा यस फिल्मसंग जोडिएको एउटा खबर सार्वजनिक भएको छ ।

भारतीय मिडियाका अनुसार चलचित्रमा अभिनय गर्नको लागि दीपिकाले लिएको पारिश्रमिकले गर्दा निकै चर्चा बढेको छ ।फिल्ममा अभिनय गर्नका लागि नायक नायिकाले लिने गरेको पारिश्रमिकले गर्दा चर्चामा आउने गरेका छन् । यो चलचित्रका लागि दीपिकाले १४ करोड भारतीय रुपैयाँ लिने भएकी छिन् ।

निर्माण टिमले आफै दीपिकालाई उक्त रकमको अफर गरेको हो । यो पारिश्रमिक गेस्ट अपियरेन्सको नायिकाको लागि धेरै नै रहेको छ । रणवीर अहिले क्रिकेट सिकिरहेका छन् । दीपिका भने उनको नयाँ चलचित्र ‘छप्पक’मा व्यस्त छिन् ।

१९८३ मा भारतले विश्वकप जितेको कथालाई समेटेर बन्न लगेको फिल्ममा रणवीर र दीपिकासँग एमी विर्क, ताहिर राज भसिन, साकिब सलीम, साहिल खट्टर, चिराग पाटिल, हार्डी संधू लगायतका कलाकारहरुको अभिनय रहने छ । कबिर खानले निर्देशन गर्न लागेको यो फिल्म २०२० अप्रिल १० तारिखमा रिलिज हुने भएको छ ।

Leave A Reply

Your email address will not be published.