१५ नेपाली बेचबिखनको आरोपमा दुई पक्राउ

0

काठमाडौँ – नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले आकर्षक रोजगार प्रलोभन देखाएर १५ जना नेपालीलाई विदेश लगेर बेच्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

नेपालीलाई बेचबिखन तथा ओसारपसार गर्ने खोटाङका ३६ वर्षीय राहुल थापा र सङ्खुवासभाका ४४ वर्षीय लोकमान राईलाई शुक्रबार ब्यूरो टोलीले पक्राउ गरेको हो ।

रोजगारीको प्रलोभन देखाइ रु ५ लाख देखी ८ लाखसम्म लिएर नयाँ दिल्ली, पाकिस्तान, लिबिया हुँदै दुबई पुर्याएर पीडितको पासपोर्ट तथा नगद खोसेर बन्दक बनाउने कार्यमा संलग्न रहेकाले २ जनालाई पक्राउ गरिएको ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक ईश्वरबाबु कार्कीले जानकारी दिए ।

बन्धक बनाएर राखेका नागरीकलाई काममा लगाएर पारिश्रमिक नदिने गरेको कुरा अनुसन्धानमा खुलेको छ ।

यसअघि पनि मानव बेचबिखन तथा ओसारपसार कसुर अपराधमा पक्राउ परेका राई रु १० लाख धरौटीमा रिहा भएको ब्यूरोले जानकारी दिएको छ ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार पक्राउ परेका दुई जनाको अनुसन्धान भइरहेको ब्यूरो प्रमुख कार्कीले बताए ।

Leave A Reply

Your email address will not be published.