नमुना गाउँपालिकाको रुपमा बिकास हुँदै जनकनन्दनी गा. पा.

0

मरेंगे सनम तेरे लिए, जियगें सनम तेरे लिए

प्रदेश २ – यदी अधिकार सम्पन्न ब्यक्ति वा संस्थाको नियत मात्रै सकारात्मक हुने हो भने त्यसको असर आम नागरिक वा सेवा ग्राहिलाई कति पर्न जान्छ त्यसको पर्याय नै हो जनकननन्दनी गाउँपालिका भन्दा अतिशयोक्ती नहोला ।

प्रदेश २ को अस्थायी राजधानी नजिकै रहेतापनी हरेक हिसाबले दुर्गम मानिने जनकनन्दनी गाउँपालिकाको परिचय अब भने बदलिन लागेको आभास हुन्छ । सडक निर्माणको काम तिब्रतर गतीमा अगाडि बढीरहेको छ भने जिल्ला सिंचाइ कार्यलय धनुषाको सहयोगमा अगाडि बढेको सिंचाइ आयोजना `सिफन बाँध´ तोकिएको समयमै सकिने हो भने मात्रै पनि गाउँपालिकाको मुहार मात्रै फेरीदैंन कृषि उपजको उत्पादनमा निश्चित नै गुणात्मक वृद्धि हुन्छ नै जसले स्थानीय कृषकको समस्यालाई धेरै हदसम्म सम्बोधन गर्ने छ ।

आबश्यकता अनुसार कर्मचारी नहुने कुरा हाम्रो लागि सामन्य भै सकेको छ । त्यस्तोमा जनकनन्दनी गाउँपालिका कसरी अपवाद रहन सक्छ, पशु सेवा बिभागका प्रमुखले योजना शाखाको काम समेत धान्नु पर्ने बाध्यता छ । हरेक स्थानीय तहमा एक बाणिज्य बैंकको शाखा रहने भए पनि जनकनन्दनी गाउँपलिकामा रहेको कृषि बिकास बैंकले कर्जा लगानी वा सहुलियत कृषि ॠण त परको कुरा १० हजारको चेक साट्न सेवा ग्राही बैंक पुगे भने पनि त्यो सटही हुन्छ वा जनकपुर नै दौडनु पर्छ त्यसको कुनै टुंगो छैन । सुचनाको लागि जडित ईन्टरनेट कहिले आउँछ कहिले जान्छ त्यो स्वंय ईन्टरनेटलाई पनि थाहा छैन होला ।

यी र यस्तै चुनौतीपूर्ण परीस्थितीमा पनि दिन दुईगुना रात चौगुना प्रगति गरीरहेको आभास हुन्छ यो सव सम्भव भएको छ गाउँपालिकाका प्रमुख, उपप्रमुख, कार्यकारी अधिकृत र निर्वाचित जन प्रतिनिधिको सकारात्मक नियत र टिमवर्कले उनिहरुको स्लोगन नै छ । ” मरेंगे सनम तेरे लिए, जियगें सनम तेरे लिए । ” प्रदेश २ सहित देशका धैरै स्थानीय तहमा जिम्मेवारी बाँडफाँड र सेवा सुबिधामा विभेद गरिएको भन्दै प्रमुख र उप प्रमुखको बोलचाल नहुनु हामिलाई सामन्य लाग्न थालिसक्यो । अहिले त सेवा सुबिधामा प्रतिस्पर्धा हुन्छ । प्रमुखले गाडी चढ्दा उप प्रमुख किन चुप लाग्ने अनि जनप्रतिनिधिले सेवा सुबिधा पाउँदा कार्यकारी अधिकृतले पनि त छोड्न जो मिलेन । यसकै वरिपरि दौडी रहेको छ हाम्रो गाउँगाउँको सिंहदरबार ।

तर जनकनन्दनी गाउँपालिका यो भन्दा भिन्न लाग्छ । गाउँपालिकाका प्रमुख, उप प्रमुख र कार्यकारी अधिकृतले आफ्नो सेवा सुबिधा बढाउने तिर लागेनन । आफुलाई गाडी किन्ने पैसाले गाउँपालिका बासी सबैको हित हुने गरि एम्बुलेन्स किन्ने निर्णय गरे । यो आर्थिक बर्षको अन्त्य सम्ममा सामन्य नागरीकले समेत सुलभ दरमा उपलब्ध हुने गरि एम्बुलेन्स सेवा पाउँनेछ्न । गाउँ पालिका प्रमुख अब्दुल वारीख शेखले भने । गाउँपालिका बासीले आफुलाई गाउँको बिकासको लागि निर्वाचित गराएको कारीन्दा भएको नाताले पनि नाम अनुसार कै काम गरीरहेको उनले टिप्पणी गरे ।

नेपाली कंग्रेस बाट प्रमुख, उप प्रमुख सहित २ वडा अध्यक्ष, समाजवादी बाट ३ र नेकपा बाट १ जना वडा अध्यक्ष निर्वाचित भएको गाउँपालिकाको सबै निर्णय तथा प्रस्तावहरु सर्वसम्मत पारीत भएका छन् । यहाँ कोहि पनि पार्टी प्रतिनिधि छैनन् छन् त केवल जन प्रतिनिधि । अहिलेसम्म कुनै गुट उपगुट नरहेको भन्दै जनताको सेवामा स्थानीय जनप्रतिनिधि सदैब उपस्तिथित रहने भन्दै आगामी दिनमा पनि यस्तै एकता र एकरुपता रहने गाउँपालिकाकी उप प्रमुख भारती कार्किले बिश्वास ब्यक्त गरीन ।

२०३६ सालदेखि राजनीतिमा सक्रिय अब्दुल वारीख शेखको ब्यक्तीत्व र संयोजनकारी भुमिकाले पनि गाउँपालिका अहिलेको अवस्था हुनुमा सहायक सिद्ध भएको गापाका कार्यकारी अधिकृत कुलानन्द झा ले टिप्पणी गरे । ६ वटा वडा रहेको गाउँपालिकामा यातायातको सहज पहुँच नभएको र भौगोलिक हिसाबले पनि निकै टाढा रहेको हुँदा पनि अफिसियल कामको लागि पालिका आवतजावत गर्न सहजताको लागि वडा अध्यक्षहरुलाई भने पालिकाबाट मोटरसाइकल भने उपलब्ध गराईएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत करीब ९०० युवाले पालिकामा फारम बुझाएको अधिकृत झा ले जानकारी दिए । त्यसै प्रदेश २ सरकारको `बेटि बचाउ बेटि पढाउ´ अभियान भने संचालनको तयारी रहे पनि अहिलेसम्म सुचारु हुन नसकेको प्रमुख झाको भनाइ छ । शिक्षा क्षेत्र सुधारको लागि काम अगाडि बढाउन खोजेपनी अनावश्यक रजनैतिक हस्तक्षेपको कारण सोचे जस्तो काम अगाडि बढ्न नसकेको गापा प्रमुख सेखले दुखेसो पनि पोख्न भ्याए । भौतिक पुर्वाधार र संचार सेवामा सुधार गर्न सके गापाको मुहार नै परीवर्तन गर्न सकिने उप प्रमुख कार्किको जिकिर थियो । ४० वटा भन्दा बढी बिवाद समाधान गरेको जनाएकी उप प्रमुख कार्किले संबैधानिक इजलास भने गठन हुन नसकेको दुखेसो पोखिन ।

Leave A Reply

Your email address will not be published.