पित्तथैलीको अपरेशन गर्दा आन्द्रा छेडिएर महिलाकाे मृत्युपछि नाराबाजी

0

काठमाडौँ – पित्तथैलीको अपरेशन गरेको ६ दिनपछि ओम अस्पतालमा सिन्धुपाल्चोककी एक महिलाको मृत्यु भएको छ । मृतक रामप्यारी थापा महिलाको गत शुक्रबार पित्तथैलीमा भएको पत्थरीको अपरेशन गरिएको थियो । उनलाई अस्पतालले बिहीबार मृतक घोषणा गरेको छ ।

५० वर्षीया ती महिला गत शुक्रबार हिँड्दै अपरेशनका लागि ओम अस्पताल पुगेको बताइएको छ । उनलाई ड्रिल गरेर अपरेशन गर्दा सानो आन्द्रा पनि छेडिएकाले त्यो नटाल्दा शरीरभर संक्रमण फैलिएर मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।

रामप्यारीलाई मृतक घोषणा गरेलगत्तै उनका आफन्तले ओम अस्पतालमा नाराबाजी गरेका छन् । अस्तालको लापरबाहीले रामप्यारीको मृत्यु भएको भन्दै आफन्तले अस्पताल परिसरमा नाराबाजी गरेका हुन् । उनीहरुले यसबारे उचित छानबिन हुनुपर्ने, डाक्टरले माफी माग्नुपर्ने र उचित क्षेतिपूर्तिको माग गरेका छन् ।

Leave A Reply

Your email address will not be published.