बाल लडाकु बिष्टलाई प्रधानमन्त्रीले नै हेगमा पठाएको सनसनीपुर्ण खुलासा !

0

काठमाडौ – पुर्व बाल लडाकु लेनिन बिष्टलाई प्रधानमन्त्री केपी शर्मा ओलिले नै माओवादी विरुद्ध हेगमा मुद्दा दर्ताको लागि पठाएको सनसनिपुर्ण खुलासा भएको छ । 


सगरमाथा टेलिभिजनको एक कार्यक्रम मार्फत नेपाली कंग्रेसका सांसद एंब साउथ ब्लक निकट मानिने नेता अमरेश कुमार सिंहले यस्तो खुलासा गरेका हुन । सिंह तिनै सांसद हुन जसले नेपाल सरकारले बिष्टलाई थाइल्यान्ड जानबाट रोक्दा संघीय संसदमा बिष्टको पक्षमा आफ्नो मत जाहेर गर्दै सरकारको चर्को आलोचना गरेका थिए । 


उता युरोपमा रहेका लडाकु बिष्टलाई यो बारेमा प्रश्न गर्दा आफुले हरेक प्रश्नको जवाफ दिन नपर्ने समयले नै कतिपय प्रश्नको उत्तर दिने भन्दै पन्छिएका थिए । कार्यक्रम दौरान नेता सिंहले भने बिष्ट युरोप जानू अगाडि प्रधानमन्त्रीलाई भेटेर नै युरोप गएको र यो सब कुरामा पुर्व प्रधानमन्त्री एंब नेकपाका अर्का अध्यक्ष प्रचण्ड समेत जानकार रहेको भन्दै बिष्टलाई माओवादी विरुद्ध प्रयोग गरीएको आशय ब्यक्त गरेका थिए । 


यता यसको बारेमा बृस्तित जानकारी लिनको लागि सांसद एंब कंग्रेस नेता सिंह सँगको पटकपटकको सम्पर्कको प्रयास भने सफल हुन सकेन भने यसै बिषयमा बहिर्गमित पुर्व लडाकुका कार्यबाहक अध्यक्ष सोमलाल घलानले भने बिष्ट र प्रधानमन्त्रीको भेटघाट वा सरसल्लाह नै भएको आफुलाई जानकारी नभए पनि प्रधानमन्त्रीको सम्पर्कमा बिष्ट रहेको हुनसक्ने भन्दै आफुले बुझेर मात्रै यस बारेमा केही बोल्न सक्ने बताए । नेता सिंहको उक्त खुलासा पछि बिष्ट हाईप्रोफाइल डिजाइन बाटै युरोप पुगेको र त्यसले नेपालमा निकै असर गर्न सक्ने संकेत भने मिलेको छ । 

Leave A Reply

Your email address will not be published.