बेल्जियममा प्राजातन्त्र दिवस

0

चारदिशा, बेल्जियम,
बेल्जियमको राजधानी ब्रसेल्समा एक समारोहको आयोजना गरी अठ्सट्ठिऔ प्रजातन्त्र दिबस मनाइयो । नेपाली राष्ट्रिय गीत गाएर सुरु गरिएको राजदुत निवासमा आयोजित कार्यक्रममा स्वतत्र, सर्बभौम र सम्मुन्नत स्वाभिमानी देश निर्माणको अभियानमा आफ्नो जीबन बलिदान दिने सम्पूर्ण सहिदहरुको सम्मान र श्रद्धाका लागि एक मिनेट मौनधारण गरिएको थियो ।

कार्यक्रममा शुभकामना मन्तब्य दिदै बेनेलक्सका लागि नेपाली राजदुत लोक बहादुर थापाले, बिभिन्न्न चरणमा भएका आन्दोलन र संघर्षले प्रजान्तन्त्रलाई परिष्क्रित गर्दै लगेको हुँदा अब स्थाईत्व र बिकासका लागि पहल हुनु पर्ने आवश्यकता औल्याउनु भयो । नेपाल भन्दा पछाडि प्रजातान्त्रिक पद्धती अङालेका देशहरुले प्रजातान्त्रिक परीपाटीमा आफुलाई अभ्यस्त बनाए पनि हामीमा अझै प्रजातान्त्रिक सन्स्कारको बिकास हुन नसक्नु हाम्रो कमजोरी भएको हुँदा व्यबहारमा प्रजातन्त्रलाई अबलम्बन गरेर सामाजिक व्यबहार गर्न आग्रह गर्नु भयो ।

उपस्थित संघ संस्थाहरुको तर्फ बाट प्राजातन्त्र दिवसको शुभकामना दिदै गैर आबासीय नेपाली संघका अध्यक्ष लोक दाहालले मुलुक अब स्थायित्व र बिकासको युगमा प्रबेश गरेकोमा खुशी ब्यक्त गर्दै बिदेशमा बस्ने नेपालीहरु यस अभियानमा सरिक भएर सबैले आआफ्नो शिप दक्षता र आर्जित ज्ञान र बौद्धिकतालाई देशको उन्नतिमा लगानी गर्न इच्छुक रहेको बताउनु भयो ।

गैर आबासीय नेपाली संघकी केन्द्रीय सचिब जानकी गुरुङले सात सालमा राजा त्रिभुबनले गद्दी त्यागेर भए पनि देशमा प्रजान्त्रको स्थापना गर्ने सहाश देखाएको र राजा राणा र नेपाली जनाताको सम्झौताको रुपमा अाँशिक प्रजातन्त्रको स्थापना भए पष्चात पनि प्रजातन्त्रका लागि संघर्ष गर्नु परेको बताउदै आगामी दिन नेपालको बिकासका लागि लाग्न अनुरोध गर्दै विश्व भरी छरिएर रहेका नेपालीहरुको तर्फबाट शुभकामना प्रकट गर्नु भयो ।

गैर आबासीय नेपाली संघका युरोप सन्योजक शिव बरुवाल , मानार्थ परिषद सदस्य गोविन्द सुबेदी लगायत एनसीसी बेल्जियमका पूर्व एबम बर्तमान पदाधिकारी एबम बेल्जियममा सकृय संघ संस्थाका प्रमुख/पदाधिकारी र सामाजिक कार्यकर्ताहरुको उपस्थिती रहेको कार्यक्रमको सन्चालन उपनियोग प्रमुख सुधिर भट्टराइले गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा जलपानको आयोजना गरिएको थियो ।



Leave A Reply

Your email address will not be published.