एनआरएन नेदरल्यान्ड्सद्वारा नेपाल रेडक्रस सोसाइटीको टोलीलाई स्वागत

0

द्रोण रिजाल, नेदरल्यान्ड;
यहि फेब्रुवरी ११ तारिखका दिन नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सहितको प्राबिधिक टोलीलाई एन आर एन नेदरल्यान्ड्सले भब्य स्वागत गरेको छ | नेपालमा रक्त संकलनको प्राबिधिक बिकास र हस्तान्तरण सम्बन्धि ५ दिने तलिमका लागी नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापा , कार्यकारी निर्देशक उमेश प्रसाद ढकाल , सोसाइटिमा कार्यरत डा.मनिता राजकर्णिकार , श्रवण कुमार श्रेष्ठ , राम बहादुर श्रेष्ठ , रमेश कान्त पौडेल र प्रविण मानन्धर तालिममा सहभागी हुन नेदरल्यान्ड आएका हुन् |

उक्त टोलीलाई लागि एन आर एन रास्ट्रीय समन्वय परिषद नेदरल्यान्ड्स का अध्यक्ष ठाकुर प्रसाद शर्मा ( मनोहरी), अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य नारायण आचार्य, अन्तर्राष्ट्रिय समन्वय परिषद्का पुर्व सदस्य तथा उक्त ब्लडबैंक प्रोजेक्टका संयोजक फणिन्द्र पन्त, रास्ट्रिय समन्वय परिषदका महासचिब जितेन्द्र कुमार श्रेष्ठ साथै छेत्रीय संयोजक राजेन्द्र शर्मा लगायतले स्वागत गरेको थियो | स्किफुल बिमानस्थलमा आगन्तुक टोलीलाई खादा ओडाएर स्वागत गरिएको थियो भने एनआरएन नेदरल्यान्डको अफिसमा एक परिचयात्मक कार्यक्रम गरिएको थियो |

तालिमबाट प्राप्त ज्ञान, सिप र प्रबिधिको आफ्नो देशमा उच्चतम प्रयोग गर्दै कार्यन्वयन र लागु गरिने बचनबद्ता जाहेर गरेको टोलिले एन आर एन नेदरल्यान्ड्सले यस्ता किसिमका जनमुखी र सेवामुखी योजनाहरुलाई निरन्तर सहयोग गर्नुपर्ने धारणा राखेका थिए | तालिममा सहभागी टोलीलाई तालिम अवधिभर्का लागि चाहिने खर्च यातायात , बसोबास र खानपिन कालागि सम्पूर्ण ब्यबस्थापन एनआरएन नेदरल्यान्ड्सले गरेको अध्यक्ष शर्माले जानकारी गराए |

Leave A Reply

Your email address will not be published.