बेल्जियम क्याटमा भुबन सुबेदी

0

चारदिशा, सम्बाददाता, बेल्जियम;

बेल्जियममा सक्रिय परोपकारी संस्था चितवन सहातया कोष ( क्याट ) बेल्जियमको छैठौ अधिबेशनले भुबन सुबेदी रामचन्द्रलाई अध्यक्षमा चयन गरेको छ ।

बेल्जियमको एन्टवेरपेनमा आइतबार सम्पन अधिबेशनले बरिष्ठ उपाध्यक्षमा राजु घिमिरे, उपाध्यक्षमा श्रीराम प्रसाई, उपाध्यक्ष नारायण पौडेल, महासचिव ईश्वरी कंडेल, सचिव शंकर बजगाई, कोषाध्यक्ष झलकमणी अधिकारी, सह कोषाध्यक्ष उत्तम मल्ल लगायत
सदस्यहरुमा शान्ती भट्टराई, ओम प्रकाश गुरुंग, रामशरण महतो, मोहन केसी , चिज कुमार श्रेष्ठ ( सिलु)तेजेन्द्र कंडेल, शुशिला खतिवडा, राधिका तिवारी, सुर्य देवी श्रेष्ठ, सरस्वती सुवेदी, सागर अधिकारी र तिर्थ पाठकलाई सर्बसम्मत चयन गरेको छ ।

बिश्वभरी छरिएर बसेका चितवनबासी नेपालीहरु द्वारा स्थापित सामाजिक र परोपकारी काम गर्ने यो संस्थाको बेल्जियम इकाइले पनि चितवनका गरीब जेहन्दार विद्यार्थीहरुको शिक्षा आर्जन र गरीब असहाय बिरामीहरुलाई उपचार लगायतका श्रहानायोज्ञ परोपकारी काम गरी रहेको छ ।

बेल्जियमका लागि नेपाली नेपाली राजदुत लोक बहादुर थापाले उद्घाटन गर्नु भएको अधिबेशनमा गैर आबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष लोक दाहाल लगायत बिभिन्न संघ संस्थाका पदाधिकारीहरुले अधिबेसन सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रम कोषका अध्यक्ष दिनेश भण्डारीको सभापतित्व र भुबन सुबेदीको सन्चालनमा भएको थियो ।

Leave A Reply

Your email address will not be published.