चारदिशा, बेल्जियम,
नेपाली जनसंपर्क समिती बेल्जियमको आगामी कार्यकालका लागी अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा माधव सापकोटा , सीता सापकोटा, र अनुजा प्रधानले उम्मेदवारी दर्ता गराएका छन । माधव र सीताको प्रचारप्रसारले तिब्रता पाए पनि आन्तरिक तयारीमा रहेकी अनुजा प्रधानले उम्मेदवारी दिए पछी अब त्रिपक्षिय प्रतिश्पर्धा हुने भएको हो ।
यसै गरी बरिष्ठ उपाध्यक्ष एक पदको लागी दुईजना देबु शर्मा र बाबुराजा लामाको उम्मेद्बारी परेको छ । महिला उपाध्यक्ष एक पदको लागी अनिता लामा र माया पौडेलको उम्मेदवारी परेको छ । उपाध्यक्ष एक पदको लागी राकेश कर्माचार्य, कमल सिटौला, नरहरी सापकोटा, प्रेम तिमील्सिना, पिडी शेर्पा,को उम्मेदवारी परेको छ ।
त्यसै गरी महामन्त्री एक पदको लागी दिनेश भण्डारी, सुबाश गुरुङ, चिनिया दुवाल, गोबिन्द अधीकारी र बिष्णु साप्कोटाको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा बिराट जोशी र सरोज छेत्रीको प्रतिष्पर्धा हुने भएको छ भने सहमहामन्त्रीमा रबिन्द्र घले र धर्म पाठकको प्रतिष्पर्धा हुनेछ ।
वेष्ट भ्लान्दरन क्षेत्र बाट निर्बाचित हुने तीन सदस्यमा पूर्ण तिमील्सिना रविन पन्डित र राजेन्द्र शर्माको मात्र उम्मेदवारी परेकोले निर्बिरोध निर्बाचित भेएका छन भने ब्रुसेल क्षेत्रबाट पनि तीन जना केशब सापकोटा, राजु थापा, र पार्बाता शर्मा निर्बिरोध निर्बाचित भएका छन । एन्त्वेर्पेन क्षेत्रबाट पनि पाच सदस्य निर्बिरोध निर्बाचित गराउने प्रयास भएको थियो तर नौ जनाको उम्मेदवारी परे पछी अब एन्त्वेर्पेन र लुभेन क्षेत्रका लागी चुनाव हुने भएको छ ।