जनसंपर्क समितीमा धेरै पद निर्बिरोध हुने

0

चारदिशा, बेल्जियम,
नेपाली जन संपर्क समिती बेल्जियमको १२ मार्चमा हुने निर्बाचनका लागि मार्च दुई तारिखमा तोकिएको उम्मेदवारी दर्ता गर्ने दिन अगाडिनै वेष्टभ्लान्दरन र एन्तवेरपेन क्षेत्रबाट कार्य समितीमा प्रतिनिधित्व हुने सदस्यहरु निर्बिरोध निर्बाचित हुने भएका छन । त्यस क्षेत्रका जन संपर्क समिती आबद्ध अग्रजहरुको प्रयासमा सो क्षेत्रका सदस्यहरु निर्बिरोध निर्बाचित गर्ने सहमति भएेको छ ।
जस अनुसार अन्त्वेर्पेन क्षेत्र बाट प्रेम गुरुङ, उल्का घिमिरे, बिजय मल्ल , जोगमान तमाङ र राधा प्रधान लाई चयन गरिएको छ । वेष्ट भ्ल्यान्डअरन क्षेत्रबाट सहमतिबातै सद्स्यहरु छानी सकिएेको छ । मार्च दुईमा उम्मेदवारी दर्ता हुँदा अध्यक्ष लगायत पदाधिकारीमा भने दुई प्यानेलबाट दुई वा दुई भन्दा बढीको उम्मेदवारी पर्ने निश्चित छ । अहिले सम्म अध्यक्षका दुई प्रत्यासी सिता सापकोटा र माधव सापकोटाले उम्मेद्बारी सार्वजनिक गरे पनि अन्य पदमा सार्वजनिक भएेको छैन ।

उम्मेदवार मनोनयन दर्ता बारे निर्बाचनसमितीको सूचना !

उपरोक्त सम्मन्धमा जन सम्पर्क समिती बेल्जियम कार्य समिती आगमी कार्यकाल २०१७-२०१९ को लागी निर्बाचन निर्देशिका र निर्बाचन कार्यतालिका बमोजिम २ मार्च २०१७ बिहीबार मध्यान्ह १२ बजे देखी बेलुका २३ बजे सम्म निम्न अनुसारका ब्यक्ती संग सम्पर्क गरी उम्मेदवार मनोनयन दर्ता गर्न सकिने ब्यबस्था मिलाइएको ब्यहोरा जानकारी गराइन्छ ।

१.लुभेन – समितीको कार्यालय
Parijstraat 21 .

२.एन्टरपेन – केदार जोशी
0498 22 99 84

३.वेस्ट भलाण्डर – कृष्ण श्रेष्ठ
0486 83 33 26

४. ब्रुसेल – राम चन्द्र शर्मा
0485 98 65 61

पुनश्च : रित नपुगेका र दस्तूर नबुझाएका उम्मेदवार को नामावली प्रकाशन गरिने छैन ।

उम्मेद्बारी दर्ता फारम र मतदाता नामावली www.nepalbelgium.com बाट डाउनलोद गर्न सकिने पनि समितिले जनाएेको छ,

Leave A Reply

Your email address will not be published.