चारदिशा, बेल्जियम,
नेपाली ब्यबसायी संघ बेल्जियमले आफ्नो एघारौ साधारण शभामा नेपाली ब्यबसायीहरुको साझा लगानीमा संचालन हुने गरि नेबाब सहकारीको सुरुवात गरेको छ ।
आज यहँा आयोजित सँघको साधारण शभाका प्रमुख् अतिथी युरोपियन युनियन र बेनेलक्सका लागि नेपाली राजदुत लोक बहादुर् थापाले सहकारी संस्थाको उद्घाटन गर्नुभयो ।
राजदुत थापाले साधारण सभामा शुभकामना मन्तब्य दिदै संयुक्त लगानि गरे ठुला योजनाहरु सन्चालन गर्न सकिने र सामाजिक एकतामा पनि बल पुग्ने बताउनु भयो । नेपालबाट युरोपमा निकासी गर्दा पाउने ब्याबसायिक सहुलियतलाई उपयोग गरी नेपाली सामानको बजार बिस्तारका लागि काम गर्न आग्रह गर्नु भयो । स्थानीय ब्यापार गर्दा पनि नेपाली उत्पादनलाई प्राथमिकता दिई नेपाली समान बिक्री गर्न सकिने र त्यसबाट नेपाली उत्पादनलाई चिनाउन र नेपाल प्रति चासो जगाउन सके नेपालमा पर्यटन प्रबर्धनमा टेवा पुग्ने बताउनु भयो ।
राजदुत थापाले नेपालसँग युरोपियन युनियन र बेल्जियमको सम्बन्ध बिस्तार गर्ने आफ्नो प्रयासलाई नेपाली ब्यबसायी र नेपाली समुदायको सहयोगको अपेक्षा पनि गर्नु भयो । नेपाली ब्यबसायीहरुले सुरु गर्ने ब्याबसायिक र सामाजिक परीयोजनालाई दुताबासले सधैं सहयोग गर्ने आश्वासन दिदै युरोपमा नेपाली सामाग्रीको बजार बिस्तार गर्न नेपाल सरकारको तर्फबाट आफु सधैं सक्रिय रहने प्रतिबद्धता पनि प्रकट गर्नु भयो ।
साधारण सभाको सफलताको शुभकामना दिदै बेल्जियमका लागि नेपाली कन्सुलर रोजर दि ग्रूनले नेपालीहरुले बेल्जियममा धेरै सकारात्मक काम गरेर बेल्जियम नागरिक र सरकारलाई सम्झना योज्ञ छाप छोड्न सकेको र नेपालको आमदानीको मुख्य श्रोत रहेको पर्यटनलाई बिस्तार गर्न काठमाडौं लगायतका शहरहरुको प्रदुशन कम गर्नु पर्ने, बिध्युत उत्पादन र भौतिक सम्रचनाको बिकास गर्नु पर्ने बताउनु भयो ।
गैर आबासीय नेपाली संघका केन्द्रीय सचिब अर्जुन कुमार श्रेष्ठले सपना देखे पुरा हुन्छ भन्दै ११ बर्ष अगाडि नेपाली ब्यबसायी संघले देखेको सामुहिक लगानीको सपनालाई बिपनामा कार्यन्वयन गर्ने समय आएकोमा आफुलाई खुशी लागेको बताउनु भयो ।
नेपाल पर्यटन बोर्डका बेल्जियम प्रतिनिधि शिव बरुवालले नेपाली ब्यबसायीहरुलाई आफ्नो ब्यवसाय सँगै, नेपाली सामाग्रीको बिक्री बितरण र नेपालमा पर्यटक पठाउन सहयोग गर्न आग्रह गर्नु भयो ।
नेपाली ब्यबसायी संघका संस्थापक अध्यक्ष राधाकृष्ण अधिकारीले करिब तीस ब्यबसायीबाट सुरु भएको संघ २०० बढी ब्यबसायीको संस्था बन्न सफल भएको र संयुक्त लगानीको अबधारणा कार्यन्वयन आउन लागेकोमा खुशी ब्यक्त गर्नु भयो । संघका सम्रक्षक कमल भारतीले साधारण सभाको सफलताको कामना गर्नु भयो ।
साधारण सभामा नेपाली ब्यबसायी संघले सन्चालन गरेको बिमा सम्बन्धी तालिममा प्रशिक्षण दिएका बिमा ब्यबसायी कन्सल्त्यान्ट जोन क्रिस्तोफ, मार्टिन, प्रमुख अतिथी राजदुत थापालाई मायाको चिनो सहित् सम्मान गरिएको थियो । संघले गेन्ट, ब्रुगे , ब्रुस्सेल, लुभेन पछी आज एन्त्वेर्पेनमा बिमा सम्बन्धी सो तालिम आयोजना गरेको थियो । आज सार्वजनिक गरिएको सहकारीले पनि सामुहिक लगानी ब्याबसायिक लाभका साथै सामुहिक हित र फाईदाका लागि तालिम, गोष्ठी पनि सन्चालन गर्ने उद्द्यस्य राखिएको छ ।
साधारण सभालाई समापन गर्दै संघका अध्यक्ष सिपी भट्टले नेपाली ब्यबसायीहरुको सामुहिक हितका लागि सबैले आफ्नो दायित्व बुझे ब्याबसायिक एकता कायम गर्न सकिने र हाम्रो एकतानै सबैको सफलताको सुत्र हुन सक्ने हुँदा ब्यबसायी संघ नेपाली ब्यबसायीहरु र नेपाली समुदायको हितमा सक्रिय भएर लाग्ने बताउनु भयो ।
कार्यक्रमा संघका कोषाध्यक्ष घनश्याम काफ्लेले संस्थाको वार्षिक आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने महासचिब यामु निरौलाले कार्यक्रम सँचालन गर्नु भएको थियो ।