जसस नेदरल्यान्डको खुल्ला अन्तर्कृया कार्यक्रम सम्पन्न

0
चारदिशा समाचार नेदरल्यान्ड

नेपाली जन-संपर्क समिती नेदरल्यान्डले  नेपाली काङ्रेसका  बरिष्ठ  नेता पूर्व सभामुख , पूर्वउप प्रधानमन्त्री रामचन्द्र  पौडेलको प्रमुख आतिथ्यतामा  नेपालको संबिधान कार्यन्वयन  र यसका  चुनौती बिषयक खुल्ला अन्तर्कृया सम्पन गरेको छ  ।

नेपाली जन संपर्क समिती नेदर्ल्यान्द्का अध्यक्ष  उत्तम कंडेल को सभापतित्वमा भएको उक्त अन्तर्कृया कार्यक्रममा   युरोप महादेशीय नेपाली जन संपर्क समितीका  अध्य्क्ष,पुर्ब अध्यक्ष र  प्रतिनिधिहरु , नेपाली संघ संस्था  जातीय  छेत्रीय संस्थाका प्रतिनिधिहरु  , ब्यबसायी ,  बिद्यार्थी  हरु  काग्रेस अगुवा कार्यक्रताहरुको  बाक्लो उपस्थिती थियो भने  कार्यक्रम महामन्त्री सालीक राम गौतम ले सन्चालन गरेका थिए  /स्वागत पदम छेत्रीले गरेका थिएे

बिभिन्न बक्ताहरुले नेपालको संबिधान कार्यान्वयन मा सबै पार्टीहरु सँग  सहकार्य   गर्न प्रमुख ठुलो पार्टी नेपाली कांग्रेसले अझै ससक्त रुपमा सबैलाई मान्यहुने गरी जती सक्दो छिटो नेपाल को आर्थिक उुन्नती,  बिकास र राष्ट्रिय सम्ब्र्धी बारे चासो राखेका थिय ।
अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले  अब नेपालमा समयमै स्थानीय निर्वाचन प्रदेशको निर्वाचन गराइ देशलाई संबृधी ,सुशासन , आर्थिक उन्नती गरी जनताले अमन चयन को बातावरण हुन्छ भन्दै नेपालमा कृषि ,पशु पालन ,साथै पर्यटकीय  स्थलहरु  होटल  ब्यवसायमा    लगानी गर्न आग्रह पनि गर्नु भएको छ ।
पार्टीका, जातीका क्षेत्रका संगठन खोलेर बिभाजित हुनु भन्दा सहकारी खोलेर मिलेर लगानी गर्दै आफ्नो आफ्नो  परिवारको र देशको उन्नतिमा लाग्न अनुरोध गर्दै  प्रवास मा बस्दा पनि  नेपाली भाषा र सन्स्कृतिको बिकास गर्नका लागि सुझाब दिनु भयो ।
मधेश   आन्दोलन मधेशी  जनताको भावना काङ्रेशले  राम्रै बुझेको छ। यस आन्दोलनको निराकरण  र समाधान  पनि  काङ्रेसले  नै गर्न सक्छ र गर्ने बचन दिनु भयो । पार्टी  कार्यकर्तालाई  लक्षित गर्दै पार्टी  सभापति  ले केन्द्रिय  कार्यसमिती को पूर्णता गरि पार्टीलाई एकजुत बनाएर चलाऊनु पर्ने बताउनु भयो ।
जन संपर्क समिती स्पेन का नि बर्तमान  अध्यक्ष  चिन्तामनी सापकोटाले स्पेन मा नेपाली हरुको बाक्लो उपस्थिती रहेकोले पटक पटक राजदुताबासको माग गरीदा सुनुवाई नभ्एकाले सरकारसँग  जोडदार  माग गरीदिन अनुरोध गर्नुभएको  भयो  ।
जन संपर्क समिती बेल्जियमका संस्थापक अध्यक्ष ध्रुब राज पौडेलले नेपाली काङ्रेसको गौरबमय ईतिहासको स्मरण गर्दै देशका हरेक चुनौतीलाई अबसरको रुपमा बादलन पार्तिले प्रयास गरोस भन्नु भयो ।
जसम्पर्क समिती युरोपका सन्योजक दिल गुरुङले प्रबासमा नेपाली काङ्रेसका साथीहरुले गरेको सामाजिक काम बाट आफु खुशी भएको बाटनु भयो ।
त्यसै गरि जन संपर्क समिती नेदरल्यान्डका संस्थापक अध्यक्ष नारायण आचार्यले संबिधान कार्यान्वयन गर्न पार्टीले अझ सक्रियता बढाउनु पर्ने बताउनु भयो । कार्यक्रमलाई नयाँ शक्तिका हिरन्य ओझा, नेपाली प्रबासी मन्चका अध्यक्ष प्रेमकाजी  गुरुङ, शशी पौडेल, तेजेन्द्र केसी , श्रीराम कंडेल,  मनहरी शर्मा , दिपक रेग्मी अच्युत कट्टेल, लगायत ले आफ्नो भनाइ राख्नु भएेको थियो ।जन समपर्क समिती डेनमार्कको अधिबेशनको उद्घातन गरी नेदरल्याण्ड आउनु भएका नेता पौडेल कार्यक्रम पस्चात बेलायतमा आयोजना हुने बिभिन्न कार्यक्रममा शाहभागेए हुनु हुनेछ ।

Leave A Reply

Your email address will not be published.