चारदिशा,सम्बाददाता, बेल्जियम,
बेल्जियम , बेनेलुक्स र युरोपियन युनियनका लागि नबनियुक्त नेपाली राजदुत लोक बहादुर थापा अाफ्नो कार्यभार सम्हाल्न बेल्जियम अाइ पुगेका छन । गत शुक्रबार बेल्जियम आइपुगेका राजदुत थापालाई दुताबासका कर्मचारी एबम नेपाली समुदायका अगुवाहरुले स्वागत गरेका थिए ।
यसै क्रममा नेपाली दुताबासले आफ्ना प्रमुखको स्वागत एबम दिपावली छठ नेपाल सम्बतको उपलक्षमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन गरेको छ । आज अाइतबार दुताबासमा भएको कार्यक्रममा उपनियोग प्रमुख घनश्याम भण्डारीले नेपाली समुदायलाई शुभकामाना ब्यक्त गरेका थिए, भने नेपाली समुदायको तर्फबाट गैर आबासिय नेपाली संघका अध्यक्ष गंगाधर गौतमले राजदुत थापालाई स्वागत गर्दै कार्यकाल सफलताको कामना गरे ।
राजदुत थापाले देशको उन्नती र प्रगतिको लागि सबै मिलेर काम गर्नु पर्ने बताउदै राजनीतिक, सामाजिक, आर्थिक कुटनीतिको समायोजन गर्न सकेमात्र मुलुकको बिकास हुने भन्दै उनले सबै पक्ष बलियो हुनु पर्नेमा जोड दिए। युरोपमा रहेको नेपाली समुदायलाई दुताबासको तर्फबाट दिने सुबिधालाई छिट्टो छरितो बनाउन आफु कृयाशिल रहने बचनन्बद्ध्ता पनि ब्यक्त गरे । नेपाल र युरोपियन युनियन बिचको सम्बन्धलाई अझ दिगो र मजबुत बनाउन आफ्नो सम्पूर्ण क्षमताको प्रयोग गर्न आफु सकृय रहने पनि राजदुत थापाले विश्वाश दिलाए ।
बेल्जियममा राजदूत नियुक्त हुनु अघि पासपोर्ट शाखामा महानिर्देशकको रुपमा कार्यरत थापाले यस अघि साउदी अरब, चिन र अष्ट्रेलियाको मिसनमा समेत अनुभव बटुलेका छन्। थापाले अष्ट्रेलियामा उप- नियोग प्रमुखको रुपमा काम गरेर थिए। प्राय: राजनीतिक भागबण्डामा राजदूत पाएको बेल्जियमले परराष्ट्रमा करिव तीन दशक लामो अनुभव भएका थापाबाट बेल्जियमको नेपाली समुदायले ठुलो अपेक्षा राखेको छ।
दूताबासले आयोजना गरेको कार्यक्रममा एनआरएन केन्द्रिय सचिव अर्जुन कुमार श्रेष्ठ,महिला संयोजक सपिलाराज भण्डारी,उप-संयोजक रजनी प्रधान,गैह्र आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमका संथापक संयोजक रबिन्द्र मान श्रेष्ठ,सोही संस्थाका प्रथम अध्यक्ष युबराज गुरुङ,एनआर एन ए बेल्जियमका उपाध्यक्ष कृष्ण पौडेल कान्तिपुरका सम्बाददाता दिपक ज्योति पौडेल, कान्तिपुर रेडियोकी युरोप सम्बाददाता निलम घिमिरे सापकोटा, पत्रकार सन्तोष न्यौपाने, पत्रकार महासंघका केन्द्रिय सभासद डिल्ली राम अंमाइ, नेपाली ब्याबसायी संघ बेल्जियमका अध्यक्ष सिपी भट्ट,खेलकुद संघ बेल्जियमका अध्यक्ष किशन केशी लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
तस्बिर. युबराज गुरुङको फेसबूक पेजबाट