चारदिशा बेल्जियम ,
**स्वाधिन र समुन्नत नेपाल निर्माणको अभियानमा ऐक्यवद्धता जाहेर गरौं, सम्पुर्ण प्रवासी नेपालीहरु एकजुट बनौं,* * भन्ने नाराका साथ नेपाली जन प्रगतिशील मोर्चा वेल्जियमको ११ औं अधिवेशन नोभेम्वर २० २०१६ का दिन वेल्जियमको एन्ट्वेर्पेन शहरमा हुन गइरहेको छ,
एकिकृत जनक्रान्तिको कार्यदिशा मार्फत नेपालमा नवऔपनिवेशिक तथा दलाल पुंजीवादी सत्ताको अन्त्य गरी जनगणतान्त्रिक नेपालको स्थापना पछि मात्र स्वतन्त्र र समुन्नत नेपालको निर्माण सम्भव छ । स्वतन्त्र र समुन्नत नेपालको निर्माणवाट मात्रै नेपाली जनताको मुुक्ति हुनेछ र यससंगै नेपालीहरुको प्रवासिने क्रम पनि अन्त्य हुनेछ भन्ने मान्यता राख्ने मोर्चाले आफ्नो अधिबेशनमा अतिथीको रुपमा उपस्थित भइदिन वेल्जियमस्थित नेपाली संघसंस्थाका अध्यक्ष्यहरु,पत्रकार मित्रहरु ल्गायत सवै नेपाली दाजुभाई तथा दिदीवहिनीहरुलाई अधिवेशनको खुल्ला सत्रमा उपस्थित भइदिनहुन अनुरोध गरेको छ ।
नेपालमा एकिकृत जनक्रान्ति किन र कसरी लागु गर्न सकिन्छ भन्ने विषयमा व्यापक चर्चा गरिने र प्रवासी नेपालीहरुको हक अधिकारका लागि गर्नुपर्ने संघर्ष, बेल्जियममा आइपुगेका नेपालीहरुको वैधानिकताको सवाल, वैधानिक भइसकेकाहरुले भोग्नु परेका विद्यमान समस्याहरुको सामाधानको लागि पहल गर्ने विषयलाइ निरन्तरता दिन पनि यो अधिवेशनमा छलफल गरिने अधिबेशन तयारी समितिका सन्योजक मेख तमुले जानकारी गराउनु भएको छ ।