“रक्षा मन्त्री खॉणलाई पेरिसमा एन आर एन ए को स्वागत”

0

सुर्वण हमाल ,
पेरिस फ्रान्स-सरकारी काममा फ्रान्सको राजधानी पेरिस आईपुग्नभएका नेपालका रक्षा मन्त्री माननिय बालकृष्णा खॉण र उहॉको भ्रमण दललाई गैर आवसिय नेपाली संघ राष्ट्रीय समन्वय परिंषद फ्रान्सले यहि २६ अक्टोबर २०१६ तारिख एक दिवाभोज आयोजना गरेर स्वागत गरेको थियो । स्वागत दिवा भोज पेरिसको सगरमाथा नेपाली रेस्टोरेंट मा आयोजना गरिएको थियो । मन्त्री स्तरका उच्च व्यक्तिहरू आउंदा समय मिले सम्म नेपाली समुदाय संग भेटघाट गरेर देशको समसामयिक वस्तु स्थितिको जानकारी लिने र यहॉको नेपाली जनजीवनका दु:ख सु:ख उघ्धोक व्यवसायको जानकारी गराउने परम्परा संघले धेरै वर्ष पहिलेदेखि नै अबलम्बन गर्दै आएको छ ।

स्वागत एवं भेटघाट कार्यक्रममा संघका अध्यक्ष भक्त वाग्लेले माननिय मन्त्री ज्युलाई फूलको गुच्छा दिंदैं सबै अतिथिहरूको स्वागत गर्नु भएको थियो । कार्यक्रम मा नेपाल देखि पाल्नभएका अतिथिहरू र नेपाली राजदूतवास पेरिस फ्रान्सका नियोग उप प्रमुख राम बाबु ढकाल, संघ का प्रमुख संरक्षक हरिहर अर्याल, भु पु अध्यक्ष निर्मल अर्याल, संघका वरिष्ट उपाध्यक्ष सुर्वण बिक्रम हमाल , माहासचिव नरेन्द्र शाही ठकुरी, सचिव शिव पराजुली(कृष्ण) , युवा प्रतिनिधि प्रविन सापकोटा, सदस्य किरण के.सी. लगाएयतका दुई दर्जन जतिको सहभागीता रहेको थियो ।

भेटघाटमा उपस्थित सबै सहभागीहरूले फ्रान्स र नेपाल दुबै देशको बारेमा आ-आफ्ना जिज्ञासाहरू राखेका थिए । मन्त्री खॉण ज्युले मैन्त्रीपूर्ण ढंगले सबै जिज्ञासाहरूको ब्याख्या र विश्लेषण गर्नु भएको थियो । गैरआवसिय नेपाली संघका पदाधिकारीहरूले भूकम्प पिडित नेपालीहरूको मर्का चाडै समाधान गर्न र कुनै पनि हालतमा संविधान कार्यान्वयन गर्न सुझाव दिंदै आग्रह गरेका थिए , भने हामी गैरआवसिय नेपालीहरू देशको लागी जस्तोसुकै सहयोग पनि गर्न हिजोका दिनमा गर्दै आएको र निरन्तर सहयोग गर्ने विश्वास दिलाईएको थियो । यसरी क़रीब ३ घण्टाको समय पछि दिवाभोज, स्वागत तथा अन्तर्कृया कार्यक्रम समापन भएको थियो ।

त्यसै गरी गैरआबासिय बेल्जियमले पनि मन्त्री खाँडको सम्मानमा एक रात्रीभोजको आयोजना गर्‍यो ।बेल्जियमको लुभेन शहरमा बिहीवार साझ गैर आबासिय नेपाली संघ बेल्जियमका पदाधिकारी एबम बिबिन्न संघ संस्थामा आब्द्ध ब्यक्तिहरु उपस्थित उक्त रात्री भोजमा नेपाली राजादुताबास बेल्जियमका कार्यबाहक राजदुत घनश्याम भण्डारी पनि उप्स्थित हुनुहुन्थ्यो ।
khand

Leave A Reply

Your email address will not be published.