एन आर एन बेल्जियमको साधारण सभा सम्पन्न

0

चारदिशा सम्बाददाता बेल्जियम ,
गैर आबासिय नेपाली संघ बेल्जियमले एघारौ वार्शिक सभा सम्पन गरेको छ । गत आईतवार लुभेनमा गरिएको साधारण सभामा संघ ले गरेको कार्य प्रगती प्रतिबेदन, आर्थिक प्रतिबेदन, महिला संयोजकबाट प्रस्तुत प्रतिबेदन र बिधान मस्यौदा समितिबाट प्रस्तुत बिधानलाई केन्द्रिय बिधान सँग नबाझिने गरी बेल्जियमको आन्तरिक संस्था संचालनको लागि तयार गरीएको बिधान लगायत समितिले गरेका बैठक, भेला र छलफलबाट गरिएका सम्पूर्ण निर्णयहरुलाई पारीत गरेको छ । साथै २०१३ मा भएको आसेन्ता मेलामा भएको मानब ओसारपसार र आर्थिक अनियमितता सम्बन्धी छानबिन गर्न बनेको समितीले प्रतिबेदन प्रस्तुत गर्दा बिबाद उत्पन्न भए पछी समितिले त्यस प्रतिबेदनलाई सुरक्षित राख्ने र भएका कमी कामजोरीमा आत्मालोचना गर्दै अब सो बिषयलाई तुङ्याउने निर्णय गर्‍यो ।
नेपाली दुताबास बेल्जियमका कार्यबाहक राजदुत घन्श्याम भण्डारीले प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल सरकार प्रबासी नेपालीहरुले देश बिकासका लागि गर्ने हरेक गतिबिधिलाई स्वीकार गरी सहयोग गर्न तयार रहेकोली आफुसंग भएको ज्ञान सिप पुजी रचनात्मक काममा लगानी गर्न अभ्वान गर्नु भयो ।

गैर आबासिय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुमार पन्तले बिसिष्ठ अतिथिको आसनबाट बोल्दै संघले भुकम्प पीडित दाजुभाइ दिदी बहिनीहरुको लागि एकहजार घर निर्माण गरि बितरण गर्ने बाचा गरे अनुसार घर निर्माण सुरु भएको र अन्य परोपकारी कार्य एबम बिकासका काममा पनि संघ सधैं सकृय सहभागि हुने बताउनु भयो ।

बेल्जियममा सकृय बिभिन्न बैचारिक, सामाजिक , जातिय, छेत्रीय संघसंस्थाका पद&अधिकारी, प्रतिनिधि लगायत संघका केन्द्रीय सचिब अर्जुन कुमार श्रेष्ठ , सल्लाहकार पीजी शेर्पा, महिला उपसंयोजक रजनी प्रधान, यूरोप उपसंयोजक प्रेम गुरुङ, आईसीसी सदस्य जानकी गुरुङ, जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सुभाष जोशीले शुभकामना सहित अाफ्नो धारणाा राखेका थिए ।

त्यसै गरि जन जनप्रगतीशिल मंच यूरोपका सुरेन्द्र भुषाल, प्रवासी नेपालीमंचका बोधराज पौडेल, जनसम्पर्क समिति यूरोपका बलिराम झा, जनप्रगतिशीलमंचका चित्र सुवेदी, राप्रपा नेपाल बेल्जियमका दिपेन्द्र केसी, जनप्रगतिशील मोर्चाका मेख गुरुङ, नेपाल पत्रकार महासंघ यूरोप शाखाका डिल्ली अम्बाई, संघीय समाजबादीका लोक राना तथा जनजाति महासंघ बाबुराजा लामाले आ-आफ्नो शुभकामना मन्तब्य व्यक्त गरेका थिए । गैर आबासिय नेपाली संघ बेल्जियमका सस्थापक अध्यक्ष्य रबिन्द्रमान श्रेष्ठ आईसीसी सदस्य द्वय चिज कुमार श्रेष्ठ र नेत्र मगर समेतको उपस्थिती रहेको सभामा स्वागत मन्तब्य उपाध्यक्ष पदम गुरुङ र सन्चालन महसचिब लोक दाहाल एबम सभापतित्व अध्यक्ष गंगाधर गौतमले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.