हार्दिक अपिल !! उत्तम कंडेल , जनसमर्क समिती नेदरल्यान्डमा अध्यक्ष पदको उम्मेदवार

0

आदरणिय आमाबुबा, दाजुभाइ ,दिदिबहिनीहरु जय नेपाल ,

जुलाई १०, २०१६ मा हुने भनिएको नेपाली जन सम्पर्क समिति नेदरल्याण्डस्को चौथो अधिवेसन प्राबिधिक कारणले हुन सकेन र यहि सेप्टेम्बर २७ मा हुन गैरहेको छ l यस चौथो अधिबेशनमा म साथीहरुको सल्लाह सुझाब र भावनालाई कदर गर्दै संठनको हितमा हिजो को दिनमा भन्दा अझ बढी सक्रिय भइ काम गर्ने इच्छा शक्ति र पुर्ण विश्वासका साथ अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दिएको जानकारी गराउदछु ।

अध्यक्ष पदमा मेरो उम्मेद्वारी किन ?

बिद्यार्थी काल देखि नै निरन्तर नेबिसंघमा आबध्द भएर स्कुल देखि त्रि बि क्रितिपुर सम्म नेबिसंघका इकाइहरुमा बिभिन्न तहका जिम्मेवारीहरु समाल्दै सक्रिय राजनीतिमा क्रियाशिल हुदै आएको छु । स्थानीय तहमा २०५७-२०५९ सम्म तरुण दलको वार्ड अध्यक्ष रहेर आफ्नो जिम्मेवारी लाई पुरा गर्न सफल भएको छु ।

बिगत नौ वर्ष देखि नेदरल्यान्ड मा विभिन्न संघसस्था मा आबद्ध रहेर निरन्तर तपाईहरु माझमा सक्रिय हुँदै आइरहेको छु । एन आर एन नेदर्ल्यनडमा तिन कार्यकाल कार्यसमिति सदस्य र जन समपर्क समिति नेदरल्यान्डमा दुइ कार्यकाल कार्यसमिति सदस्य रहदै हालको मौजुदा कार्यसमितिमा महामन्त्री को जिम्मेवारी मा बहाल छु ।

नेपाली कांग्रेस को तेह्रौ महाधिवेसनमा नेदरल्यान्ड ७ जना महाधिवेसन प्रतिनिधि छनौट हुने क्रममा म सहित ८ जना साथीहरुले उम्मेदबारी दिएका थियौं । महाधिवेसन प्रतिनिधि छनौट को क्रममा महाधिवेसनमा भाग लिन नजाने साथीले संस्थाको नेतृत्व गर्ने सहमति अनुसार सबै साथीहरुले मेरो सस्थामा सक्रियता, निरन्तरता र संगठनमा खेलेको भूमिकालाइ विचार गर्दै मलाइ अध्यक्ष भइ सस्थाको नेतृत्व गर्न अनुरोध गरे बमोजिम मैले महाधिवेसन प्रतिनिधि को उम्मेदबारी फिर्ता लिएको थिएँ । यति बेला मैले फिर्ता लिएको मेरो उम्मेद्वारी लाई एकता र सस्थाको सर्बोपरी हितमा भएको महशुस गर्दै मैले दिएकोअध्यक्ष पदको उम्मेद्वारीलाई संस्थामा हुने बिकृति विसंगतिका बिरुद्धको अबसरको रुपमा लिएको छु ।

तसर्थ जनसम्पर्क समिति नेदर्ल्यनड का सम्पूर्ण साधारण सदस्य, बुद्धिजिवी , अग्रजहरु, पुर्व अध्यक्ष तथा पढाधिकरी र सुभेछुक महानउभावहरुलाई यस बहु प्रतिक्षित गरिमामय अधिवेसनमा उपस्थीत भइ अध्यक्ष को पदमा सर्वसम्मत रुपमा मलाइ मनोनयन गरिदिनु हुन बिनम्र अनुरोध गर्दछु. ।

Leave A Reply

Your email address will not be published.