अन्तर्राष्ट्रिय सम्मेलनका लागि स्थानीयस्तरमा समितिहरु गठन

0

बेल्जियम, फेब्रुअरी १४लुम्बिनीकपिलवस्तु दिवस विश्व अभियानले आगामी बुद्ध जयन्तीको अवसरमा ब्रुस्सेल्समा आयोजना गर्ने अन्तर्राष्ट्रिय सम्मेलन र विश्व शान्ति पदयात्रालाई व्यवस्थितरुपमा सम्पन्न गर्न अभियानको राष्ट्रिय समिति बेल्जियमले स्थानीयस्तरमा कार्य विभाजन गर्ने निर्णय गरेको छ ।

लुम्बिनीकपिलवस्तु दिवस अभियान, बेल्जियमका राष्ट्रिय संयोजक टिकाराम पौडेलको अध्यक्षता एवं अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यको समुपस्थितिमा मिति ०८/०२/२०१५ का दिन बेल्जियमको लुभेनमा बसेको अभियानको राष्ट्रिय समितिको बैठकले वासस्थानको अपायक परिस्थिति, कामको प्रतिकूल प्रकृति र समयाभावको कारणले टिकाराम पौडेलले राष्ट्रिय संयोजकको जिम्मेवारीबाट जिम्मेवारिमुक्त भई संयोजकको जिम्मेवारीमा रहने गरि भूमिका निर्वाह गर्न राख्नुभएको प्रस्ताव जायज ठहरिकोले लामो समय देखि सक्रिय अभियानको संयोजकको कार्य गर्दै आउनुभएका डिल्लीराम भण्डारीलाई राष्ट्रिय संयोजकको जिम्मेवारी दिने निर्णय गरेको छ ।

सोहि बैठकले राष्ट्रिय संयोजक डिल्लीराम भण्डारीको मूल संयोजकत्वमा ३ सदस्यीय अन्तर्राष्ट्रिय सम्मेलनस्थल व्यवस्थापन समिति र विश्व शान्ति पदयात्रा व्यवस्थापन मूल समिति गठन गरेको छ । अभियानका संयोजक बिमल गिरीको संयोजकत्वमा ६ सदस्यीय अन्तर्राष्ट्रिय सम्मेलन व्यवस्थापन समिति गठन गरेको छ । सदस्यहरुमा रजनी प्रधान, सुश्माश्री थापासिता सापकोटा, अनुजा प्रधान र महेश थापालाई चयन गरेको छ भने अभियानका अर्का संयोजक जित लामा तथा पेम्वा गेल्बु शेर्पा (बुद्धिस्ट समुदायबाट) को सहसंयोजकत्वमा ७ सदस्यीय विश्व शान्ति पदयात्रा व्यवस्थापन समिति गठन गरिएको छ । उक्त समितिका सदस्यहरुमा टिकाराम पौडेल, हरि थपलिया, दुर्गाप्रसाद सुवेदी, ओम शर्मा र श्रीप्रसाद गुरुङलाई चयन गरेको छ। विश्व शान्ति पदयात्राका लागि स्वयम्सेवक आवश्यकता परेमा व्यवस्थापन समितिले अभियान भन्दा बाहिर रहेका व्यक्तिहरुलाई समेत चयन गर्न सक्ने निर्णय गरेको छ ।

अभियानका सबै संयोजकहरुले राष्ट्रिय संयोजकले दिने जिम्मेवारी निर्वाह गर्नु पर्नेछ भने राष्ट्रिय समिति बेल्जियमका सल्लाहकारहरुले समेत मूल समितिका संयोजकसंग मिलेर विश्व शान्ति पदयात्रा र अन्तर्राष्ट्रिय सम्मेलनको व्यवस्थापन कार्यमा आवश्यकीय सहयोग पुर्याउन भूमिका खेल्ने निर्णय गरिएको अभियानले जनाएको छ । उक्त बैठकले लुम्बिनी कपिलवस्तु दिवस अभियान, बेल्जियमलाई बेल्जियममा कानुनी रुपमा दर्ता गर्ने निर्णय समेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.