नासु श्रेष्ठविरुद्ध मुद्दा

0

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक करोड १६ लाख ६९ हजार २८८ भ्रष्टाचार गरेको अभियोगमा हुलाक सेवा विभाग, नेपाल फिलाटेलिक ब्युरो सुन्धाराका नासु मणिकुमार श्रेष्ठविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार नासु श्रेष्ठले दैनिक हुलाक टिकट बिक्रीबापतको रकम राजस्वमा दाखिला नगरी टिकट मौज्दात देखाएर रकम हिनामिना गरेको अनुसन्धानबाट पत्ता लागेको छ । आयोगले राजस्वमा रकम दाखिला नगर्ने तथा सरकारी स्रोतमा प्राप्त रकम दुरुपयोग गर्ने श्रेष्ठलाई बिगोबमोजिमको जरिवाना र कैद सजाय माग दाबी गरी मुद्दा दायर गरेको हो ।

Leave A Reply

Your email address will not be published.