पूर्व राष्ट्रपति यादवलाई प्रोस्टेट क्यान्सर, उपचार खर्च वापत ६० लाख दिने सरकारको निर्णय

0

काठमाडौं । राज्यका बिशिष्ट ब्यक्तिहरुको उपचारमा कति खर्च हुन्छ त्यसको हिसाब किताब गरेर साध्य पनि छैन । अहिले मात्र राज्यका बिशिष्ट ३ ब्यक्तिहरु उपचारको लागि विदेशमा छन् । देशमा दक्ष चिकित्सक र प्रबिधि तथा अस्पताल नभएका होइनन् । तर वरिष्ठ नेता र विशिष्ट व्यक्तिहरुको विदेश मोह बढ्ने क्रम तीब्र छ ।
वरिष्ठ नेता र विशिष्ठ व्यक्तिहरुको उपचार खर्च पनि राज्यले नै व्यहोर्नु पर्ने बाध्यता छ । यही क्रममा सरकारले पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई थप ६० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको छ । हालै भारतमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा यादवलाई प्रोस्टेट क्यान्सर देखिएपनि थप उपचारका लागि यो खर्च उपलब्ध गराइने भएको हो । पुरुषमा हुने एक किसिमको ग्रन्थीमा देखिने ट्युमर नै पोस्टटेट क्यान्सर हो ।
उमेर ढल्किंदै जाँदा यो क्यान्सर हुने सम्भावना बढी हुन्छ र यो क्यन्सार बिस्तारै फैलिने गर्दा समयमै पत्ता लागे विशेक समभव छ पनि । अप्रेशन र रेडियोथेरापीबाट यो क्यान्सरको उपचार हुने चिकित्सकहरु बताउँछन् । स्टेरियोट्याकटिक रेडियो थेरापीबाट पनि यसको उपचार हुन्छ । यो मेसिन भने नेपाल मा छैन तर छिमेकी देश भारत मै पनि यो थेरापीबाट उपचार सम्भव छ । तर छिमेकी देश मै ७ देखि १० लाखमा यो थेरापीबाट उपचार हुने हुँदा अमेरिकासम्म जानु पर्ने आवश्यकता नभएको चिकित्सकहरु बताउँछन् । प्रोस्टटेट क्यान्सरको लागि पूर्व राष्ट्रपति थप उपचारका लागि उहाँ अमेरिका जाने तयारीमा हुनुहुन्छ । पूर्व राष्ट्रपति यादवको उपचारका लागि सरकारले थप ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ । यो रकम पेश्की मात्र हो । र, यादवको सबै उपचार खर्च सरकारले नै व्यहोर्नेछ । चिकित्सकहरुका अनुसार यादवको उपचारमा ३ करोडभन्दा बढी खर्च लाग्नेछ । यसअघि भारतमा उपचार गराउन जाने क्रममा पनि सरकारले ११ लाख रुपैयाँ दिएको थियो । यद्यपि नेहरु अस्पतालले निःशुल्क उपचार गरिदिएको थियो । सरकारले पूर्व राष्ट्रपति डा. यादवलाई ६० लाख उपचार खर्च बाहेक जाने(आउने विजनेश क्लासको टिकट, दैनिक ३०० डलर भत्ता पनि दिनेछ । साथै उनका तीन जना सहयोगीलाई हवाइ टिकट र दैनिक १५० डलर दैनिक भत्ता दिने निर्णय पनि सरकारले गरेको छ ।

Leave A Reply

Your email address will not be published.