Browsing Category
बिबिध
प्रधानमन्त्री ओली–संसद बैठक
व्यवस्थापिका संसदको बैठकमा सहभागी हुन बिहीबार बैठक हल प्रवेश गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली लगायत ।
मौसम विचार गरेर मात्र उड्नुस्
चीनको एक प्रमुख जहाज निर्माण कम्पनी एभिक (एभिएसन इन्डस्ट्रिज चाइना)मा कार्यरत वरिष्ठ विमान चालक चाओ फेङ देले नेपाली विमान चालकलाई मौसमको विचार गरेर मात्र उडान भर्न सुझाउनुभएको छ । नेपालका लुक्ला, जुफाल, जोमसोम लगायत विकट क्षेत्रमा निरन्तर…
पत्रकार महासङ्घको साधारणसभा
चितवनमा मङ्गलबार आयोजित नेपाल पत्रकार महासङ्घको साधारणसभाको उद्घाटन समारोहमा पुरस्कारका लागि समाजसेवी मैयाँदेवी श्रेष्ठले उपलव्ध गराउनुभएको रु. १० लाखको चेक हस्तान्तरण गरिँदै ।
मिस नेपाल श्रेष्ठसँग सेल्फी
गृहनगर चितवनको रत्ननगरमा आउनुभएकी मिस नेपाल अस्मी श्रेष्ठसँग सेल्फी खिच्दै स्थानीयवासी ।
नोकरीका लागि दर्खास्त दिनेको भीड
काठमाडौँ महानगरपालिमा रिक्त रहेका सहायकस्तर पाँचौं र चौथों तहका ४० कर्मचारी खुल्ला प्रतियोगिताबाट पदपूर्ति गरिने भएपछि दर्खास्ता दिने सर्वसाधारणहरु भीड ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले अन्तर्राष्ट्रिय श्रमिक दिवसमा अवसरमा आइतबार काठमाडौँमा निकालेको पदयात्रामा सहभागी मजदुर ।
राष्ट्रपति हीरक समारोहमा
राष्ट्रपति विद्यादेवी भण्डारी मनास्लु–ल्होत्से हिमालको प्रथम आरोहणको ६० वर्ष पूरा गरेका उपलक्ष्यमा शनिबार राजधानीमा आयोजित हीरक महोत्सवमा । साथमा सूचना तथा सञ्चारमन्त्री शेरधन राईलगायत ।
मिस नेपाल श्रेष्ठ
आफ्नै गृहनगर, चितवनको रत्ननगर नगरपालिकाको तर्फबाट प्रदान गरिएको सम्मान ग्रहण गर्दै मिसनेपाल अस्मी श्रेष्ठ ।
सम्मान कार्यक्रम
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल मोतीदेवि स्मृति केन्द्रद्वारा काठमाडौँमा शुक्रबार आयोजित सामाजिक सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण योगदान गर्ने संस्थालाई सम्मान गर्ने कार्यक्रममा ।