Browsing Category
बिबिध
वाग्मती सफाइ अभियान
बल्खुको कुमारी क्लब तथा त्यस वरपर क्षेत्रमा शनिबार वाग्मती सफाइ अभियानले पूर्व मुख्यसचिव लीलामणि पौड्यालको नेतृत्वमा फोहर व्यवस्थापन गर्दै स्थानीयवासी, सुरक्षाकर्मी, सामाजिक सङ्घसंस्थालगायत ।
उपाधी प्रदान
इलामको ठूला टुंडिखेलमा शनिबार सम्पन्न इलाम प्रिमियर लिग सिजन २ को उपाधि झापाको काँकडभिट्टास्थित मिलन क्रिकेट क्लबका खेलाडीलाई प्रदान गर्नुहुँदै सभासद लीलादेवी श्रेष्ठ । सभासद श्रेष्ठले क्रिकेट प्रतियोगितामा ५१ हजार सहयोग प्रदान गर्नुभयो ।
किवीको संरक्षण
इलामको सुलुबुङ–५मा भ्याउसाबाट जोगाउनका लागि कृषक तारामणि खतिवडाले किवी फलको फेदमा लगाइएकोे जाली ।
धान काट्दै
म्याग्दीको बेनी नगरपालीका–४ बगरफाँटका बासिन्दाहरु बिहीबार धान काट्दै । युवाहरु विदेशीएकाले मजदुर नपाउँदा खेतीबाली लगाउन र भित्र्याउन समस्या भएको छ ।
सर्वत्र सास्ती
रत्नपार्कस्थित महानगरीय प्रहरी कार्यालयवाट वितरण हुने वैदेशिक रोजगारका लागि आवश्यक पर्ने प्रहरी रिपोर्ट बनाउन लाइनमा वस्दै युवाहरु । उक्त रिपोर्ट बनाउन ४ दिनसम्म लागेको धादिङ्का एक युवा वताउँछन ।
अभिवादन गर्दै
नवनिर्वाचीत उपराष्ट्रपति नन्दबहादुर पुन अभिवादन गर्दै साथमा एमाओवादीका अध्यक्ष प्रचण्ड ।
पैदल यात्रा
वीरगन्जको मितेरीपुलबाट झोला बोकी पैदल भारत तर्फ जाँदै महिलाहरु । बिहारमा जारी विधान सभा निर्वाचन अन्तरगत चौथो चरणको मतदानमा हुन सक्ने सम्भावित अपराधिक घटना हुन नदिने उद्देश्यले भारतीय पक्षले ४८ घण्टाकालागि नाका सिल गरेपछि कुनैपनि सवारीका…
सालिकमा माल्यार्पण
राष्ट्रपति विद्यादेवी भण्डारीले लैनचौरमा रहेको शहीद स्मारकमा शहीदहरूको सालिकमा माल्यार्पण गर्नुहुँदै ।
उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता
व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा एकीकृत नेकपा (माओवादी)का स्थायी समितिका सदस्य नन्दबहादुर पुनले उपराष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराउनुहुँदै साथमा नेताहरु ।