Browsing Category

बिबिध

गान्धीको सहादत दिवस

मानव सेवा ट्रष्टले महात्मा गान्धीको ६८औँ सहादत दिवसका अवसरमा शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दलगायत सहभागीहरु सामूहिकरुपमा ।

लिटरेचर फेस्टिवल

शुक्रबारदेखि पोखरामा सुरु भएको नेपाल लिटरेचर फेस्टिवलको पाँचौं संस्करणका अवसरमा आयोजित कार्यक्रममा सहभागी नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई, नेकपा एमालेका सचिव योगेश भट्टराई र पत्रकार सुधीर शर्मा ।

सुबिसु क्यान इन्फोटेक

काठमाडौँको भृकुटीमण्डपमा माघ १५ देखि २० गतेसम्म सञ्चालित सुबिसु क्यान इन्फोटेक २०१६ को उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सूचना तथा सञ्चार मन्त्री शेरधन राईलगायत ।

सेती नदीमाथिको आश्चर्यजनक प्राकृतिक पुल ओझेलमा

पर्यटकीय सहर पोखराको सेती नदीमाथिको प्राकृतिक पुल ओझेलमा परेको छ । पर्यटकीय नगरी पोखराको दक्षिणी भेगस्थित पोखरा उपमहानगरपालिका वडा नं १७ महतगौडा र वडा नं १५ स्थित टुटुङ्गालाई जोड्ने सेती नदीमाथि अवस्थित सयौं वर्ष पुरानो यो प्राकृतिक पुल…

राष्ट्रपतिलाई शुभकामना र वधाई

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसदसम्बन्धमा समाचार लेख्ने पत्रकारले सफल कार्यकालको शुभकामना र वधाई ज्ञापन गरेपछि सामूहिकरुपमा ।

बालबालिकालाई न्यानो कपडा

सिन्धुपाल्चोक बतासे गाविसका भूकम्पपीडितलाई ब्यूटीफुल स्टोर फाउण्डेशन कोरीयाको सहयोगमा सुखावती फाउण्डेशन नेपालले वितरण गरेको न्यानो कपडा लिँदै स्थानीय बालक ।

व्यवस्थापिका संसद विकास समिति

व्यवस्थापिका संसद विकास समितिद्वारा मङ्गलबार सिंहदरबारमा आयोजित निजी दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको सेयरसम्बन्धी छलफलका सहभागी ।

पर्यटक–अवलोकन

राउण्ड अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको घोरेपानीस्थित पुनहिलबाट मनोरम हिमश्रृङ्खलाको अवलोकन गर्दै पर्यटकहरु ।

नेका बैठक

नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल लगायत ।