Browsing Category
बिबिध
दुर्घटनाग्रस्त जहाज
म्याग्दीको दाना गाविस–२ सोलीघोप्टे भिरमा बुधबार दुर्घटना भएको तारा एयरको टुईनएटर विमान क्षतविक्षत अवस्थामा ।
नेका केन्द्रीय समितिको बैठक
नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा नेका केन्द्रीय समितिको बैठकमा सहभागी केन्द्रिय सदस्यहरु ।
अन्तरक्रिया कार्यक्रम
तरुण विद्यार्थी सङ्घले बुधबार काठमाण्डौँको नयाँ बानेश्वरमा नेपाली काँग्रेसको १३औँ महाधिवेशनको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा काँग्रेसका नेताहरु ।
प्रधानमन्त्रीसँग भारतीय कलाकार
भारतको छदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका चर्चित कलाकारले भेट गर्दै । मुम्बइस्थित होटल ग्रान्ड हायतमा पुगेर मनीषा कोइराला, गोविन्दा, मुरलीधर, उदीतनारायण झा, तब्बु, बप्पी लहरी, बपीन अलीलगायतले उहाँसँग बुधबार…
प्रधानमन्त्री ओली गुजरातमा
भारतको छदिने राजकीय भ्रमणका लागि भारत आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको नयाँ दिल्लीबाट मङ्गलबार बिहान गुजरात आइपुग्नु हुँदा भुज विमानस्थलमा स्वागत अभिवादन गर्दै एक महिला ।
भारतीय समकक्षीबाट प्रधानमन्त्रीलाई स्वागत
भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीललाई शनिबार स्वागत गर्नुहुँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ।
गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण
भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गर्नुहुँदै ।
प्रधानमन्त्री भारत भ्रमणमा
प्रधानमन्त्री केपी शर्मा ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको छ दिने राजकीय भ्रमणका लागि प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशष्ट कक्षमा सभामुख ओनसरी घर्ती तथा उपप्रधानमन्त्रीहरुले बिदाई…
राष्ट्रपति भण्डारीलाई भारतीय भ्रमणबारे अवगत गराउन राष्ट्रपति कार्यालयमा
राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतको राजकीय भ्रमणबारे अवगत गराउन राष्ट्रपति कार्यालय पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, मुख्य सचिव डा सोमलाल सुवेदी र परराष्ट्र सचिव शङ्करदास वैरागी ।
घोषणा कार्यक्रम
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित ‘ऐतिहासिक धरोहर पुनःनिर्माण राष्ट्रिय सङ्कल्प’ घोषणा कार्यक्रममा सहभागी प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्रीहरु र एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ।