Browsing Category
बिबिध
उपत्यका बिषेश सुरक्षा
उपत्यका बिषेश सुरक्षा सम्बन्धी गोष्ठीको उद्घाटन कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुदै गृहमन्त्री शक्ति बहादुर वस्नेत ।
जिब्रो छेड्दै
मध्यपुर थिमि, बोडेमा हरेक वर्ष मनाइने जिब्रो छेड्ने जात्रा बिहीबार आठौं पटक जिब्रो छेड्दै जुजुभाइ बास श्रेष्ठ ।
निलम ढुङ्गाना
इलाम महोत्सवमा नृत्य प्रस्तुत गर्दै मोरङ सुन्दरदुलारी निवासी निलम ढुङ्गाना । आठ वर्षअघि दुर्घटनामा परी उनले देब्रे खुट्टा गुमाएकी थिइन ।
नेपाली काँग्रेसका सभापतिलाई अभिनन्दन
देउडा समाज काठमाडौँद्वारा बिसू पर्व (सुदूर पश्चिममा नयाँ वर्षका दिन मनाइने पर्व) का अवसरमा नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई नागरिक अभिनन्दन गरिँदै ।
दूरसञ्चार कर्मचारी सङ्घको वार्षिकोेत्सव
काठमाडौँमा आईतबार आयोजित नेपाल दूरसञ्चार कर्मचारी सङ्घको २६ औँ वार्षिकोेत्सव समारोहमा सूचना तथा सञ्चारमन्त्री शेरधन राईलगायत ।
हात्तीपाइले विरुद्धको औषधी
म्याग्दीको बेनीमा बिहीबार सातौँ चरणको हात्तीपाइले रोग निवारण औषधी खुवाइँदै ।
घोडेजात्रा-खेल प्रदर्शन
नेपाली सेनाले बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको घोडेजात्रामा घोडाबाट विभिन्न खेल प्रदर्शन गर्दै नेपाली सेनाका जवानहरु ।
दूध खुवाउँदै
प्रवेशिका परीक्षा एसएलसीमा सहभागि १६ वर्षिया प्रतिज्ञा पुन परीक्षा केन्द्र परिसरमा बच्चालाई दूध खुवाउँदै ।
यस्तो छ– काँग्रेस संसदीय दलका नेता देउवाको जीवनी
नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको जन्म २००४ जेठ ३० गते रुवाखोला असिग्राम–५ डडेल्धुरामा भएको हो । हाल उहाँ बूढानीलकण्ठ नगरपालिका–१ भद्रकालीमा बसोबास गर्दै आउनुभएको छ । बाल्यकालदेखि नै राजनीतिमा चासो राख्नुहुने नवनिर्र्वाचित…
काँग्रेस संसदीय दलको नेताका लागि मतदान
नेपाली काँग्रेस संसदीय दलको नेताका लागि संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार मतदान गर्न लामबद्ध काँग्रेसका सांसद् ।