सात दशकको सपना पूरा: एमाओवादी अध्यक्ष
काठमाडौँ, १ असोज । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाबाट नेपालको संविधान, २०७२ पारित र प्रमाणीकरण भएसँगै नेपाली जनताको सात दशकको सपना पूरा भएको बताउनुभएको छ । संविधानमा आज सभाध्यक्षबाट प्रमाणीकरण भएपछि पत्रकारसँग कुरा गर्दै…
५३७ सभासद्को हस्ताक्षर
काठमाडौँ, १ असोज । संविधानसभाका ५३७ सभासद्ले नेपालको संविधान, २०७२ मा हस्ताक्षर गर्नुभएको छ । आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म पारित संविधानको प्रतिमा हस्ताक्षरका लागि समय तोकिएकामा संविधानसभामा हाल कायम ५९८ सभासद्मध्ये ५३७ जनाले…
छब्बिस नयाँ नगरपालिका थप
काठमाडौँ, १ असोज । सरकारले धनगढी नगरपालिकालाई उपमहानगरपालिकामा विस्तार गर्दै थप २६ नयाँ नगरपालिका घोषणा गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले २६ नयाँ नगरपालिका थप गर्नुका साथै धनगढी नगरपालिकामा फूलबारी र उर्मा गाविसलाई गाभेर…
नेपालको संवैधानिक विकासमा कोशेढुङ्गा
नेपाली जनताले इतिहासमै पहिलोपटक आफ्ना लागि आफैंले संविधान बनाएर जारी गर्ने ऐतिहासिक अवसर पाएका छन् । लामो समयदेखिको नेपाली जनताको यो चाहना ‘नेपालको संविधान २०७२’ ले पूरा गर्दै छ ।
संविधानसभाबाट बुधबार पारित भएको विधेयक आगामी असोज ३ गते…
नेपालको संविधान २०७२ सभाध्यक्षबाट प्रमाणीकरण
काठमाडौं, १ असोज । ‘नेपालको संविधान २०७२’ प्रमाणीकरण गरिएको छ । संविधानसभाको ल्होत्से हलमा शुक्रबार सबै दलका शीर्ष नेताहरुको सामूहिक उपस्थितिमा सभाध्यक्ष सुवास नेम्वाङले संविधान प्रमाणीकरण गरेका हुन् । संविधानसभाका अध्यक्ष, उपाध्यक्ष एवं…
भारतीय विदेश सचिव नेपालमा
काठमाडौँ, १ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा भारतीय विदेश मन्त्रालयका सचिव एस जयशङ्कर आज काठमाडौँ आउनुभएको छ । राष्ट्रपति डा रामवरण यादवसँग उहाँले शीतल निवासमा आज भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ ।
नेपाली…
शेस घलेले गरे उम्मेदवारीको घोषणा
चारदिशा, बेल्जियम ,
गैर आबासिय नेपाली संघका बर्तमान अध्यक्ष शेस घलेले आगामी कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन । गैर आबासीय नेपाली संघ बेलायतले आयोजना गरेको कार्यक्रममा आफ्नो उम्मेदवारी घोषणा गर्दै घलेले आफुले…
दीप प्रज्वलन
नेपाल तरुण दल, युवा सङ्घ नेपाल र वाईसिएल नेपालको संयुक्त आयोजनामा नेपालको संविधान २०७२ को स्वागत गर्दै माइतीघर मण्डलामा गरिएको दीप प्रज्वलनमा सहभागीहरु ।
डेनिस राजकुमार लमजुङमा
लमजुङ, ३१ भदौ । डेनमार्कका राजकुमार फ्रेडरिक चारदिने भ्रमणका लागि विहीबार लमजुङ आइपुगेका छन् । भूकम्पपछिको अवस्था अवलोकन गर्न डेनिस राजकुमार लमजुङ आएका हुन् । राजकुमारले शुक्रबार दुर्गम गाउँ पाचोकमा पुगेर भूकम्पपछिको अवस्था अवलोकन गर्ने…
यस्ता छन् संविधान जारी हुने प्रक्रिया
काठमाडौँ, ३१ भदौ । नेपालको संविधान, २०७२ मा ३०८ धारा, ३५ भाग, नौ अनुसुची रहने भएको छ । संविधानसभाले बुधबार गठन गरेको आनुषंगिक समितिले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई आज बुझाएको प्रतिवेदनमा सो व्यवस्था उल्लेख छ । प्रमुख तीन राजनीतिक…