बाबुरामको मन्चमा तोडफोड र आगजनी

0

जनकपुर, १२ असोज  । एकीकृत माओवादीबाट बाहिरिएका नेता डा. बाबुराम भट्टराइले मंगलबार जनकपुरमा भएको सभालाई सम्बोधन गर्दै आफू सहजकर्ताको रुपमा मधेस आएको बताएका छन् । भट्टराईले आफू आन्दोलनकारीको रुपमा नभइ सहजकर्ताको रुपमा मधेस आएको बताएका हुन् ।
जनकपुरस्थित गोपाल धर्मशालामा आयोजित सभालाई सम्बोधन गर्दै भट्टराईले मधेसका मुद्दालाई सम्बोधन गर्नका लागि आफूले गरेको पहललाई तीन दलका नेताहरुले बेवास्ता गरेको बताए । उनले आफू नयाँ शक्तिको खोजीमा तराई–मधेसमा आएकोसमेत उल्लेख गरे । भट्टराई सहभागी भएर कार्यक्रम सकिएलगत्तै स्थानीय युवाहरुले मन्चमा तोडफोड र आगजनी गरेका थिए । भट्टराई भाषण सकाएर कार्यक्रम स्थलबाट बाहिरिएलगत्तै युवाहरुको समूहले भट्टराईविरुद्ध नाराबाजी गर्दै तोडफोड र आगजनी गरेको थियो ।
आगजनीबाट मन्च, साउन्ड बक्स सेट र सोफासेट, कुर्सीसहितका सामान जलेर पूर्णरुपले नस्ट भएका छन् । कार्यक्रम सकेर भट्टराई जनकपुर विमानस्थलतर्फ गइरहँदा जनकपुरको श्यामचोकमा स्थानीयबासी र प्रहरीबीच झडप भएको थियो । भट्टराईको विरोधमा नाराबाजी गरिरहेका स्थानीय र प्रहरीबीच झडप हुँदा दुईजना घाइते भएका छन् ।

Leave A Reply

Your email address will not be published.