Browsing

Image

सञ्चार सचिव राउतलाई थुनामुक्त गर्न सर्वाेच्चको आदेश

काठमाडौं \ सर्वोच्च अदालतले सञ्चार सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्ने फैसला गरेको छ । न्यायाधीश प्रकाश कुमार ढुङ्गाना र नहकुल सुबेदीको ईजलासले सञ्चार सचिव राउतलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने आधार कारण र औचित्य नदेखिएको भन्दै…

सत्तापक्षकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

काठमाडौं \ नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्नुभएको छ । शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद शर्माले सुन तस्करीको बारेमा छानबिनमा सघाउन उहाँले…

डिजिटल साक्षरता विद्यालय तहको पाठ्यक्रममा समावेश गर्न आवश्यक : प्रधानमन्त्री

काठमाडौं \ प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरूरी रहेको बताउनुभएको छ । शुक्रबार…

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै : आज बाँकी सदस्यले धारणा राख्ने

काठमाडौँ \ नेपाली कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । शुक्रबारको बैठकमा पनि केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्नेछन् । बिहीबारको बैठकमा ३५ केन्द्रीय सदस्यले…

राष्ट्रपति पौडेलद्वारा अर्थसम्बन्धि तीन वटा विधेयक प्रमाणिकरण

काठमाडौं \ राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न तीन वटा विधेयक प्रमाणिकरण गर्नुभएको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै राष्ट्रपति पौडेलले गत असार ३१ गते…

अर्थ मन्त्रालयले पठायो ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन

काठमाडौं \  चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा…

सुन तस्करी प्रकरण : भन्सार जाँचपासमा संलग्न सबैलाई निलम्बन गरिने

काठमाडौं \ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेपछि बरामद भएको सुन प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ । विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काका अनुसार प्रारम्भिक चरणमा उक्त सुन जाँचपासमा संलग्न सबैलाई निलम्बनको तयारी…

नेपालमा डेङ्गी देखा परेपछि सरकारले बनायो रोकथाम र नियन्त्रणको कार्ययोजना

नेपालमा डेङ्गी देखापरेको १९ वर्षपछि सरकारले कार्ययोजना बनाएर लागू गरेको छ । अहिलेसम्म रोग नियन्त्रणका कार्यक्रम गर्दै आएको भएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाएर लागू गरेको यो पहिलो पटक हो । डेङ्गी नियन्त्रणका लागि वार्षिक कार्ययोजना बनाइ…

नेपालमा वैदेशिक लगानी प्रतिबद्धतामा उल्लेख्य गिरावट

काठमाडौँ \  गत वर्षमा मुलुकमा आउने वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धतामा उल्लेख्य गिरावट आएको छ ।  उद्योग विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा ३२७ परियोजनामार्फत ३८ अर्ब ४० करोड ७५ लाख रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।…

कांग्रेस केन्द्रीय सदस्यलाई वर्षमा एक महिना पार्टी कामबाट छुट्टी

काठमाडौं \  नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका केन्द्रीय सदस्यलाई एक महिना पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस भएको छ। मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा साङ्गठनिक…