राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

0

काठमाडौं \ राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयले आइतबार एक विज्ञप्ति जारी गरी बजेटसँग सम्बन्धित तीन वटै विधेयक प्रमाणीकरण भएको जानकारी दिएको हो । विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति पौडेलले आइतबार प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले गत १५ जेठमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउनुभएको थियो । उक्त विनियोजन विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभामा छलफल भएर पारित भएपछि राष्ट्रपतिसमक्ष पठाइएको थियो ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेसंगै अब बजेट कार्यान्वयनका लागि बाटो खुलेको छ । आगामी आर्थिक वर्षको बजेट सोमबार साउन गतेदेखि कार्यान्वयन हुने छ ।

 

Leave A Reply

Your email address will not be published.