आज ऐतिहासिक इन्द्रजात्रा

काठमाडौं, १० असोज । उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व आज मनाइदै छ । विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् । यसै क्रममा कुमारी, गणेश र भैरवको रथ पनि तानिन्छ । रथ तान्नुअघि…

भारतीय नाकाबन्दीको डटेर सामाना गर्ने दलीय सहमति

काठमाडौं, १० असोज । संविधानको रक्षा र पछिल्लो राजनीतिक अवस्थाको सामना गर्न सम्पूर्ण राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री सुशील कोइरालाको आह्वानमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक…

प्राज्ञद्वारा भारतीय हस्तक्षेपको विरोध

बुटवल, १० असोज । सार्वभौमसम्पन्न नेपालको स्वतन्त्रतामाथि भारतीय हस्तक्षेप बढेको भन्दै प्राज्ञले विरोध गरेका छन् । सिद्धार्थ साहित्य परिषद् रुपन्देहीको २०औँ साधरणसभा तथा १३औँ अधिवेशनलाई सम्बोधन गर्दै प्राज्ञ बुँद रानाले अघोषित रुपमा भारतले…

एक सिलिन्डर ग्यासको रु पाँच हजार

भक्तपुर, १० असोज । भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भइरहेका बेला यहाँ ग्यासमा व्यापक कालोबजारी भएको छ । भक्तपुरका ग्यास डिपो सञ्चालकले अवैध रुपमा ग्यास लुकाएर कालोबजारी गर्दा पनि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको…

रेबिज लागेको व्यक्तिलाई झारफुक गर्दा मृत्यु

जाजरकोट, ९ असोज । रेबिज लागेका व्यक्तिलाई धामीझाँक्रीद्वारा झारझुक गराउँदा जाजरकोटमा एक जनाको मृत्यु भएको छ । जिल्लाको ढिमे गाविस–५ खुर्पाका २३ वर्षीय कर्णबहादुर वादीको आज बिहान ४ बजे जिल्ला अस्पतालमा मृत्यु भएको हो । साउन महिनामा बहुलाएको…

किन गरे डा. भट्टराईले पार्टी त्याग ?

काठमाडौँ, ९ असोज । एकीकृत नेकपा (माओवादी) का वरिष्ठ नेता डा बाबुराम भट्टराईले आजैदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यता समेत परित्याग गरेको घोषणा गर्नुभएको छ । उहाँले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीको सबै जिम्मेवारी…

देशभर सवारीसाधनमा जोरबिजोर प्रणाली सुरु

काठमाडौँ, ९ असोज । सरकारले भोलि आइतबारदेखि लागू हुनेगरी देशभर सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारीसाधन सञ्चालन हुनेछन् । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद…

तीन दलको सहकार्य टुट्दैन : नेता नेपाल

काठमाडौं, ९ असोज । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले देशको राजनीतिमा पूर्ण स्थिरता कायम नभएसम्म प्रमुख तीन दलको सहकार्य नटुट्ने बताउनुभएको छ । नेकपा (एमाले), पाँचथर—काठमाडौँ सम्पर्क मञ्चको ११औँ सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले…

प्रधानमन्त्री कोईराला

नवलपरासीमा शनिबार जिल्लामा जारी मधेश आन्दोलन स्थिती बुझ्न पुग्नभएका प्रधानमन्त्री सुशील कोईराला । प्रधानमन्त्री कोईरालाले जिल्लाका राजनितिक दलका नेता, नागरीक समाज, मानबअधिकारीबादी बिभिन्न संघ संस्था प्रतिनिधीहरुको गुनासो सुन्नुभएको थियो ।

उपप्रधानमन्त्री प्रकाशमान सिंह–सम्बोधन

संयुक्त राष्ट्र सङ्घको ७० औँ महासभाअन्तर्गतको सन् २०१५ पछिका विकासका विषय अनुमोदन गर्न शुक्रबार यहाँ आयोजना गरिएको सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंह ।