त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चण्डीभञ्ज्याङ गाविसको कालीखोला नजिकैबाट आज बिहान त्रिशूली नदीमा बस खस्दा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । घटनास्थलमा २१ जनाको मृत्यु भएको हो भने उपचारको क्रममा चितवन मेडिकल कलेजमा एक…
सभापति देउवा उपचारका लागि सिङ्गापुर प्रस्थान
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर जानुभएको छ । सभापति देउवा नियमित उपचारको सिलसिलामा धर्मपत्नी आरजु देउवाका साथ आज दिउँसो सिङ्गापुर प्रस्थान गर्नुभएको उहाँका स्वकीय सचिव भानु देउवाले…
फेसबुक अभियानवाट रु. दश लाख सङ्कलन
फलेवास । आफूले पढेको विद्यालयको शैक्षिकस्तर सुधार गर्नका लागि पूर्व विद्यार्थीले फेसबुक म्यासेन्जरबाट सुरु गरेको अभियानमा एक हप्तामा रु १० लाख भन्दा बढी सङ्कलन गरेका छन् । पर्वतको आर्थर डाँडाखर्कस्थित पञ्चकोसी उच्चमाविका पूर्व विद्यार्थीले…
अध्यक्ष ओली बैंकक प्रस्थान
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बिहीबार नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक प्रस्थान जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ।
श्रीकृष्ण जन्माष्टमी
श्रीकृष्ण जन्माष्टमीको अवसरमा पोखरामा बिहीबार आयोजित भजनकीर्तनमा रमाउँदै भक्तजन ।
नेवि सङ्घको निर्वाचित कार्यसमितिलाई बधाई
नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वधाई तथा शुभकामना एवम् पद हस्तान्तरण गर्न बिहीबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरु ।
काँग्रेसमा मन्त्रीको विवाद मिल्यो, भोलि शपथ
काठमाडौं । नेपाली काँग्रेसमा वर्तमान सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली पठाउने सम्बन्धमा देखिएको विवाद मिलेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले मन्त्रालय बाँडफाँडमा सम्मानजनक अवस्था नभए सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको…
नव जनवादी क्रान्तिको तयारी भइरहेको छ : वैद्य
बुटवल । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले पार्टीले नव जनवादी क्रान्तिको तयारी गरिरहेको बताउनुभएको छ । जारी संविधान दक्षिणपन्थी नवसंशोधनवादमा आधारित, २०४७ कै निरन्तरता भएकाले त्यसलाई कदापि स्वीकार्न नसकिने बताउँदै उहाँले…
इटालीको भूकम्पमा १५९ को मृत्यु, अझै कैयौँ पुरिए
अमात्रिस । इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको संख्या १५९ पुगेको समाचारमा जनाइएको छ । सो भकम्पमा परी करिब ३६८ जना घाइते भएका छन् । उद्वारको काम जारी रहेको छ । उद्वारकर्मीहरुले अझै पनि कैयौं व्यक्ति पुरिएर रहेको…
महिला सङ्घको पत्रकार सम्मलेन
नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल महिला सङ्घको तेस्रो महाधिवेशन यही भाद्र २९, ३० र ३१ गते काठमाडौँमा हुनेबारे पत्रकार सम्मलेनमार्फत जानकारी गराउँदै सङ्घकी अध्यक्ष डा डिला संग्रौला ।