प्रतिबेदनमा के छ ?

0

गैर अबासीय नेपाली संघ बेल्जियमले २०१३ मा भएको ‘आसेन्ता ट्रेड फेयरमा’ नेपालले पाएको ‘गेस्ट अफ द अनरको’ दुरुपयोग गरी भएको मानब ओसार पसार सम्बन्धी बिषय र आर्थिक अनिमियमितताको बिषय सत्यतथ्य विवरण बेल्जियमको नेपाली समुदाय समक्ष प्रस्तुत गर्ने गरी बनाइएको छiनबिन समितीले संघका अध्यक्ष गंगाधर गौतमलाई प्रतिबेदन हस्तान्तरण गरेको छ ।

नेपाल सरकार , उद्योग बाणिज्य महासंघ र बेल्जियम नेपाली संघ संस्थाहरुको संयुक्त सहभागी भएको फेयरमा गैर आबासिय नेपाली संघ बेल्जियमले नेपाल पक्षको संयोजन गरेको थियो भने संघका तत्कालिन आइसिसी सदस्य अर्जुन कुमार श्रेष्ठ सन्योजक छायान भएका थिए । नेपाल उध्योग बाणिज्य महसंघको तर्फ बाट ततकालिन निबर्तमान अध्यक्ष कुश कुमार जोशी नेत्रित्व गरेका थिए । नेपाल सरकारले ब्यबस्थापनको लागि आर्थिक सहयोग गर्दै नेपाली दुताबास बेलजियमलाई सक्रिय गराएको थियो । नेपाल सरकारका तत्कालिन अर्थमन्त्री डा शंकर कोइराला र बेल्जियम सरकारका तत्कालिन उपप्रधानमन्त्री पेतर द क्रिमले सन्युक्त रुपमा मेलाको उद्घातन गरेका थिए । ९ दिन सम्म चलेको उक्त ब्यापारिक् मेलामा ४० देशका ४०० भन्दा बढी ब्यापारिक प्रतिष्ठानले भाग लिएका थिए ।

अधिकारिक रुपमा ३२ नेपाली कम्पनीहरु सहभागी भएकोमा १४ वटा कम्पनीका नक्कली कागजातबाट आएका ब्यक्तीहरु युरोपका बिभिन्न देशमा लुकेर बसेका छन ।आयोजकहरुले नेपालका ख्याती प्राप्त कम्पनीहरु मात्र सहभागी हुने भनेर बताए पनि ब्यापारीका नाममा युरोप छिर्न एक जना ब्यक्तिले १८ लाख नेपाली रुपया सम्म बुझाएर आएको कुरा पत्रकारहरुलाई बताए पछी यो बिषयले नेपाली समुदायमा चासो, चिन्ता र आक्रोस निम्त्याएको थियो । मेला अबधि र सकिए पछी पनि यो बिषयमा सत्य तथ्य बाहिर आउनु पर्ने र दोषी उपर कार्यबाही हुनुपर्ने आवाज उठ्दै आएको थियो ।

यो बर्षको नेपाली मेला आयोजना गर्ने उद्यस्यले बोलाईएको बैठकमा पनि यो बिषयमा कुरा उठेपछि र मनाब ओसारपसार भएको भन्ने बारेमा केहि ब्यक्ती बिच भएका अडियो बार्ताहरु सार्वजनिक भएपछि एनआरएन बेल्जियमले एनआरएन बेल्जियमकी पूर्व अध्यक्ष एबम बर्तमान आईसिसी सदस्य जानकी गुरुङको सन्योजकत्वमा नौ सदस्यिय छानबिन समिती बनाएको थियो । सो समितिमा निबर्तमान अध्यक्ष एबम बर्तमान युरोप उपसन्योजक प्रेम गुरुङ, बर्तमान आइसिसी सदस्य नेत्र मगर र चिज कुमार श्रेष्ठ , उपाध्यक्ष पदम गुरुङ, महासचिब लोक दाहाल पूर्व अध्यक्ष पिजी शेर्पा एबम युबराज गुरुङ र पूर्व कोषाध्यक्ष भिम जोशी सदस्य थिए ।

समितिले नेपाल सरकार , नेपाल उध्योग बाणिज्य महसंघ , मेलामा सहभागि हरुलाई भिषा दिने जर्मन दुताबास, मेला आयोजना गर्ने बेल्जियन कम्पनी यार बुर्स गेन्ट फ्ल्यान्डअर्श एक्स्पो ,बिभिन्न संघसन्थासँग सम्बन्धित ब्यक्तीहरु, नेपाली ब्यबसायी संघ बेल्जियम लगायत मेला ब्यबस्थापन् समितिका सदस्यहरु, सर्बसाधारण , ब्यापारि बनेर आएका ब्यक्तिहरु लगायतलाई सोधपुछ गरी जानकारी लिएको बताएको छ ।

छानबिन समितिले प्रतिबेदन हस्तान्तरण गर्न बोलाएको भेलामा बिभिन्न ब्यक्तिहरुले समितिले गरेको काम प्रसंशनिय रहेको र यसको सार्वजनिक सोही दिन हुनु पर्ने माग गरेका थिए भने अन्यले छानबिन समिती बनाउने कार्य पूर्वग्रही भएको र यसको कुनै बैधनिकता नहुने बताएका थिए ।
अन्यले यो बिषयले नेपाल र नेपाली समुदायको बदनामी गरेकोले समुदायको नेत्रित्व गरेको एनआरएनले यो बिषयको वास्तविकताको जानकारी सबैलाई गराउनु पर्ने उसको दायित्व भएको बताएका थिए ।

आफ्नो बारेमा उठेका सार्वजनिक चासोका बिषयमा प्रस्ट पार्दै एनआरएनएका केन्द्रीय सचिब अर्जुन कुमार श्रेष्ठले आफुले मेला आयोजना गर्दा कुनै फाईदा नलिएको कसम खाँदै आफ्नो ब्यक्तिगत जीबनमा यो बिषयले ठुलो चोट पुर्याएकोले आफु दुखित भएको र छानबिन समितीले पूर्वग्रही भएर गतिबिधी गरेको आरोप लगाए । साथै उनले मेला आयोजना गर्न सुरु गरिए देखिका कार्यहरुको विवरण र प्रमाणहरु पनि समितिलाई र एनआरएन अध्यक्ष गौतमलाई हस्तान्तरन गरेका थिए ।

दुई महिना लगाएर तयार गरेको २३ पेज लामो प्रतिबेदनमा के छ भन्न्ने बारेमा त एनआरएन बेल्जियमले सार्वजनिक गरेपछी मात्र थाहा हुनेछ तर त्यसको कार्यान्वयन कसरी हुन्छ भन्ने जिज्ञाशा भने अहिले तिब्र छ ।

संघले छानबिन समितिलाई दिएको अख्तियारी पत्रमा प्रतिबेदन प्राप्त भएपछी बस्ने संघको पहिलो बैठकले प्रतिबेदन सार्वजनिक र कार्यान्वयन गर्ने भनेर लेखिएकोले अब बस्ने बैठकले यस बारेमा निर्णय गर्नेछ । संघका अध्यक्षलाई चारदिशाले राखेको जिज्ञाशामा अद्यक्ष गौतमले अबको बैठकले निर्णय सार्वजनिक गर्ने र एन आर एनका केन्द्रीय सचिब अर्जुन कुमार श्रेष्ठको बारेमा छानबिन केन्द्रित भएकोले एन आर एन केन्द्रको परामर्शमा कार्यन्वयन गरिने बताए ।

Leave A Reply

Your email address will not be published.