रिस्पेक्टको छायांकन सम्पन्न (तस्बीरसहित)

0

रोम । नेपाली  गायक एव नायक बाबु बोगटीको पाँचौ एल्बम ” रिस्पेक्ट ” मा रहेको थोरै थोरै….. बोलको गितको म्युजिक भिडियोको छयाङ्कन सकिएको छ । नेपाल टेलिभिजनका पूर्व कार्यक्रम प्रस्तोता तथा म्यूजिक भिडियो निर्देशक उज्ज्वल केसीको छायांकन, सम्पादन र  निर्देशनमा उक्त म्युजिक भिडियो तयार भएको हो । युरोपको विभिन्न शहरहरुमा छयाङ्कन गरिएको म्युजिक भिडियोमा मोडेल  फजिल अहमद र शान्ती भट्टको साथमा इटालियन कलाकारको समेत अभिनय रहेको छ । नेपाली गीतका पारखीहरुलाई यो म्युजिक भिडियो रोचक र नौलो हुने नव मोडल फजिल अहमदले बताएका छन ।  इटालिको प्रशिद्द शहरहरु समुन्द्र माथिको शहर भनेर चिनिने भेनिस , फेसन सिटिको रुपमा चिनिने मिलान र बेल्जियमको समुन्द्रियतट ब्ल्याङ्केनवर्गका सुन्दर दृश्यहरु म्युजिक भिडियोमा समेटिएका छन । म्युजिक भिडियो बनाउन निकै ठूलो लागत लागेको निर्माता पक्षले बताएका छन । समुन्द्र माथी प्रयोग गरिएको मोटर बोट र भेनिसका प्राचीन डुङ्गाहरुले भिडियोलाई थप आकर्षण बनाएको छ । यस म्युजिक भिडियोलाई यहि जुलाई १५ मा नेपालको ट्व छन्नेल हरुमा र यु ट्युब मार्फत सार्वजनिक भएको छ। यस गीतमा शब्द चर्चित गायक जेम्स प्रधानका पिता जी।एम।प्रधानको रहेको छ भने ब्यवस्थापन मोहित मुनाल र  सङ्गीत एव स्वर बाबु बोगटीको रहेको छ। भिडियो तुलसी इन्टरटेन्मेण्ट प्रालिद्वारा निर्माण गरिएको हो ।

2

3

4

Leave A Reply

Your email address will not be published.