बेलायतमा भानुजयन्ती

0

काठमाडौं । विश्व नेपाली साहित्य महासङ्घ दक्षिण बेलायत शाखाले १०३ औँ आदिकवि भानुजयन्ती तथा साहित्य महासङ्घको छैटौँ स्थापना दिवस मनाएको छ । कार्यक्रममा घन थापा मगर, भगवान चाम्लिङ, सीता पुन, बालकुमारी गुरुङ, शैलेश सापकोटा, विजय हितान, करिष्मा घम लगायतले कविता वाचन गर्नुभएको थियो । त्यस्तै नेपालबाट जानुभएका गायक जितेन राई तथा गायिकाद्वय पार्वती राई र सरला राईलाई सम्मान गरिएको थियो ।
आइतबार भएको कार्यक्रममा साहित्य महासङ्घका केन्द्रीय अध्यक्ष विश्वासदीप तिगेलाले आदिकवि भानुको योगदानबारे बोल्नुभयो । भने गायकगायिकाले गीतसङ्गीत र शशाङ्क राईले नृत्य प्रस्तुत गर्नुभएको थियो । आदिकवि भानु जयन्तीकै दिन विसं २०६७ असार २९ मा साहित्य महासङ्घको स्थापना भएको हो ।

Leave A Reply

Your email address will not be published.