भुकम्प प्रभावित विद्यालयलाई ह्याण्ड नेपाल बेल्जियमको सहयोग

0

चारदिशा, काठमाडौं

गत बर्षको भुकम्पमा परेर क्षति भएका ४ विद्यालयलाई ह्याण्ड नेपाल बेल्जियमले १० लाख बराबरको आर्थिक सहयोग गरेको छ ।
ह्याण्ड नेपाल बेल्जियमले सोमबार पार्वती उच्च मावि ढुंखर्कमा आयोजना भएको एक कार्यक्रममा पूर्व शिक्षामन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधीले पार्वती उच्च मावि सहित बल्थलीको कमलादेवी जनप्रिय मावि, च्याम्राङब्शीको चक्रेश्वर मावि र भक्तपुरको एक विद्यालयलाई आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।
आर्थिक सहयोग कार्यक्रममा केन्द्रीय सदस्य निधीले भुकम्प प्रभावित भएका जनताहरुलाई सरकारले एकमुष्ट रकम उपलब्ध गराउनुपर्ने बताएका थिए ।

कार्यक्रममा काँग्रेस जिल्ला सभापति मधु आचार्य, सांसद तिर्थ लामा, काँग्र्रेस नेताहरु तिर्थबहादुर पसखल, प्रकास थापा, भगवान अधिकारी, प्रेमबहादुर तिमल्सिना, पत्रकार परशु घिमिरे, एनआरएन केन्द्रीय सदस्य कपिलदेव थापा, स्थानिय राजनैतिक दलका प्रतिनीधिहरु काँग्रेसका उद्धब तिमल्सिना, एमालेका घननाथ तिमल्सिना, नेकपा माओवादी केन्द्रका माधव सिं लामा, श्रोत व्यक्ति बाबुराम तिमल्सिना, पार्वती उच्च माविका प्राचार्य गोविन्द प्रसाद शर्मा, विव्यस सदस्य गोविन्द प्रसाद अधिकारी लगायतले शैक्षिक गुणस्तरमा सहयोग पु¥याएकोमा ह्याण्ड नेपाल बेल्जियमलाई धन्यबाद दिएका थिए ।

कार्यक्रममा ह्याण्ड नेपालका तर्फवाट चिनियाँ दुवालले भुकम्पले क्षति पु¥याएका विद्यालयहरुलाई शैक्षिक गुणस्तर उकास्नका लागि सहयोग पु¥याउने उदेश्यले आर्थिक सहयोग गरेको र यसलाई अझै निरन्तरता दिने बताए । कार्यक्रम ह्याण्ड नेपाल बेल्जीयमकी अध्यक्ष एलिन डुपोनको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.