बार्सिलोनामा नेपाल प्रमोशन डेको तयारी पुरा

0

बार्सिलोना । स्पेनको पर्यटकीय स्थल बार्सिलोनामा रहेको टिबीताबो डाडामा यहि जुलाई २ र ३ तारिख “NEPAL PROMOTION DAY 2016 ” नामक कार्यक्रमको पुरा तयारी भएको छ। VISIT NEPAL ,REBUILD NEPAL / WE NEED NOW MORE THAN EVER लेखिएको टिसर्टको समेत तयारी पुरा भएको छ। हामीले आफ्नो जिम्मा मा रहेको काम हरु लाई पुरा गर्दै आएका छौ। अहिले पनि यस कार्यक्रम लाई सफल गराउन लागि परेका छौ र सबै स्पेन बासी नेपाली दाजु भै हरुलाई यस कार्यक्रम लाई सभ्य र भब्य रुपमा सफल पार्नु हुन अनुरोध समेत गरेका छौ कार्यक्रम का प्रचार प्रसार सयोजक राम प्रसाद सापकोटा ,बिराज ,ले नेपाली वेभ लाइ बताए ,साथै कार्यक्रम मा यूके बाट पहिलो पटक नौमती बाजा समेत बोलाइ सकेको र गैर आवासीय नेपाली संघ स्पेन द्वारा आयोजना गरिएको हुदा सम्पुर्ण नेपाली दाजु भाई दिदि बहिनि हारु उपस्थ्ति हुनुहुनेछ भन्नेमा आफु पूर्ण बिस्व्स्थ रहेको उनले थपे। साथै टिसर्ट खरिदका लागि एन आर एन ए स्पेनको कार्यालयमा उपलब्ध गरेको साथै साथै एन अर एन ए स्पेनमा आबद्ध व्यक्ति हरुलाई सम्पर्क गर्नु हुन अनुरोध समेत गरे।
कार्यक्रम सफल रुपमा सम्पन्न गर्न एन आर एन ए स्पेनका अध्क्षय मुक्त बहादुर गुरुङको सयोजकमा नौमती बाजा ब्यबस्थापनमा शालिकराम डुम्रे र दिनेश गुरुङ ,प्रशासकीय संयोजनमा उमेश प्रसाद अधिकारी प्रचार प्रसार संयोजनमा राम प्रसाद सापकोटा “बिराज”र दिपक क्षेत्री त्यस्तै स्टल ब्यबस्थापनमा दावा ऋषी श्रेष्ठ र सुबाश रानाभाट रहेका छन्। अतिथि सत्कार महिला फोरम र नेपाली पाठशालाले गर्ने भएका छन् यातायात ब्यबस्थापनको जिम्मा सुनील रानाभाटले गर्ने छन् उता स्वयम् सेवक ब्यबस्थापन भने गौतम गुरुङ ले गर्ने भएका छन्। कार्यक्रम समन्वय कार्यक्रम स्थल सम्बन्धीमा राजु समशेर थापा सन्दिप मोहन भट्टराई र दावा ऋषी श्रेष्ठ गरी ३ जना हुनुहुन्छ। आर्थिक संयोजकमा भने संघका कोषा अध्यक्ष पेशल कुमार कोइरालासगै सम्पूर्ण संघ संस्थाका कोषाध्यक्ष हरु सदस्य रहने बताईको छ। मंच ब्यबस्थापनमा बिनिता रेग्मी खनाल ,कलाकार संयोजन सुमीत्रा सापकोटा घिमिरे र तुलसी सिवाकोटी ,टि-सर्ट छपाइ शालिकराम डुम्रे र प्रकाश तिमिल्सीना क्रमसः हुनुहुन्छ।
भोला लामिछाने , यूरोप।

Leave A Reply

Your email address will not be published.