बेलायती प्रधानमन्त्रीले राजिनामा दिने

0

लन्डन । बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले आफ्नो पदबाट राजिनामा दिने घोषणा गर्नुभएको छ । युरोपेली युनियनमा बेलायत रहने वा नरहने भनी गरिएको जनमत सङ्ग्रहमा नरहने पक्षको विजय भएकोले उहाँले आफूले राजिनामा दिने इच्छा जाहेर गर्नुभएको बताइएको हो ।
मलाई लाग्छ म अब हाम्रो देशको अर्काे गन्तव्यसम्म पुर्याउनका लागि मेरो उपस्थिति राम्रो हुनेछैन– उहाँले भन्नुभएको छ । प्रधानमन्त्री क्यामरुन युरोपेली सङ्घमा बेलायत रहनुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो ।
बेलायतमा बिहीबार भएको जनमत सङ्ग्रहको परिणाम युरोपेली सङ्घमा नरहनेगरी आएपछि यस निर्णयले विश्वव्यापी रुपमा झड्का उत्पन्न भएको छ ।
यता, बेलायतले गरेको यो निर्णयपछि विश्वका देशहरुमा यसको असर के कस्तो पर्ला भन्ने बारेमा विभिन्न हिसाबले प्रतिक्रियाहरु आउन थालेका छन् । युरोपेली देशहरुको साझा संस्थाका रुपमा रहेको यस सङ्घको साठीवर्षे इतिहासमा वर्षे इतिहासमा बेलायत यसरी बाहिरिने पहिलो राष्ट्र भएको छ भने अर्कातर्फ यस्तो निर्णय गर्ने बेलायत नै यो पहिलो राष्ट्र पनि भएको छ ।
यो निर्णयसँगै बेलायतलाई पनि एकीकृतरुपमा रहने विषयमा चुनौती हुनसक्ने अनुमान पनि बैज्ञानिकहरुले गरेका छन् । स्कटल्याण्डले आफू युरोपेली सङ्घबाट अलग भएर बस्न नसक्ने जनाएको छ भने बहुसङ्ख्यक नभएपनि ठूलो सङ्ख्याका मानिस पनि यो निर्णयमा अडिग रहेका छन् ।
यसरी युरोपेली सङ्घमा रहन नहुने भनी निर्णय गर्ने व्यक्तिको सङ्ख्या दश लाखभन्दा पनि बढी रहेको छ । यसलाई पनि ठूलो सङ्ख्याको रुपमा लिनुपर्ने हुन्छ । बिहीबार भएको जनमत सङ्ग्रहमा ५२ प्रतिशत नागरिकले उक्त सङ्घमा नरहने पक्षमा मतदान गरिसकेका छन् । भने रहनुपर्छ भन्नेहरु ४८ प्रतिशत छन् ।
यसरी यो सङ्ख्या हेर्ने हो भने दश लाखभन्दा बढीको फरक देखिएको छ । यो फरक मतदान पछि अन्ततः बेलायत अब उक्त सङ्घमा नरहने त निश्चित नै भइसकेको छ ।
जुन २३ को इतिहासलाई हामीले बेलायतको स्वतन्त्रता दिवससरह मान्नुपर्ने हुन्छ भन्छन् इयु विरुद्धको अभियानका नेता निगेल फारेज । उनका अनुसार अब बेलायतका लागि यो ठूलो अबसर पनि हुनसक्छ र जसले गर्दा आगामी दिनमा यसले युरोपेली युनियनबाट बाहिरिएर ठूलो काम गरेर पनि देखाउन सक्छ ।
हामीले यो काम गरिछोडेका छौँ, अन्ततः हामीले जितेका छौँ– युरोपेली सङ्घमा रहनु हुन्न भन्ने अभियानका अभियन्ताहरुले यस्तो नाराबाजी गर्दै विजय जुलुश मनाइरहेका छन् । उनीहरुले बाहिर निश्कियौँ बाहिर निस्कियौँ (वि आर आउट) भन्दै नाराबाजी गरेका समाचारमा जनाइएको छ । यतिखेर विश्वको छलफलको विषय नै यही बनेको छ । उनीहरुले बेलायत बाहिरिएर के फाइदा हुन्छ वा के घाटा पर्छ भन्ने विषयलाई छलफलको केन्द्रमा राखेका छन् ।
यसको प्रत्यक्ष असर बेलायतको सेयर बजारमा पनि परेको छ । सेयरको सुरुवात मा नै यो बजार कम्तीमा पनि आठ प्रतिशतले घटेको थियो । तर बेलायतको बैंकले भने आर्थिक क्षेत्रमा कुनै पनि समस्या उत्पन्न हुन नदिने भन्दै लगानीकर्ताहरुलाई ढुक्क रहन आग्रह गरेको छ ।
यतिखेर बेलायतको राजधानी लन्डनदेखि कैयौँ स्थानमा बिजय जुलुशहरु निकालिएको छ । जुलुशमा बेलायती नागरिकले आफ्नो पक्षमा मत आएको भन्दै खुसी व्यक्त पनि गरेका छन् ।

Leave A Reply

Your email address will not be published.