गुण्डा नाइके’ जसवन्त राई प्रहरी नियन्त्रणमा

0

काठमाडौं । प्रहरीले दुई राउण्ड गोली प्रहार गरी ‘गुण्डा नाइके’ जसवन्त भनिने पूर्ण राईलाई नियन्त्रणमा लिएको छ । पक्राउ गर्न पुगेको प्रहरीलाई रड प्रहार गरेपछि काठमाडौंको बिजुलीबजार पुल नजिक धोविखोला किनारमा गोली हानेर राईलाई आज दिउँसो नियन्त्रणमा लिइएको हो । पिडांैला र धुँडामा गोली लागेका राईको वीर अस्पतालमा उपचार भइरहेको छ । राईले दुःख दिएको भन्दै कलंकी आसपासका सर्वसाधरणले उजुरी दिएपछि उनलाई सामान्य बल प्रयोग गरी नियन्त्रणमा लिइएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए । प्रहरीका अनुसार ‘हप्ता’ नदिएको भन्दै राईले केही दिन अघि कालिमाटी आसपासका तीन जना व्यापारीलाई कुटपिट गरेका थिए । दुई वटा ज्यान मुद्दामा सफाइ पाएका राईविरुद्ध आपराधिक घटनाका चार वटा उजुरी परेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.