तमलोपाको नयाँ नेतृत्वको लागि निर्वाचन

0

काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) को नवलपरासीको रामग्राममा जारी प्रथम राष्ट्रिय महाधिवेशनमा पार्टीको विधान, नीति तथा कार्यक्रम र राजनीतिक दस्तावेज पारित भएको छ । मंगलबार भएको बन्द शत्रमा बृजेश गुप्ताले पेश गरेको शंसोधित विधान मस्यौदा, बृजेश चन्द्र लालले पार्टीको नीति तथा कार्यक्रम र सर्वेन्द्रनाथ शुक्लाले पेश गरेको राजनीतिक दस्तावेजमाथि छलफल गरी पारित गरिएको हो । पारित दस्तावेजमा तराईका दुई प्रदेश र मधेसमा देखिएको समस्यालाई तीन दलले संविधान संसोधन मार्फत् समाधान गर्नुपर्ने उल्लेख गरिएको छ । नौ बर्षपछि पहिलो महाधिवेशन गरेको तमलोपाको आजदेखि नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.