नेपालीको शव लिन चाटर्ड विमान अफगानिस्तान प्रस्थान

0

काठमाडौं ।  आत्मघाती बम आक्रमणमा ज्यान गुमाएका १२ नेपालीको शव आज नेपाल ल्याइने भएको छ । आज बिहानै अफगानिस्तान पुगेको नेपाल वायु सेवाको चार्टड विमान मार्फत उनीहरुको शब काठमाडौं ल्याउन लागिएको हो । यसअघि बिहान ३ बजे मेडिकल टोलीसहित नेपाली सेनाका चार जना, नेपाल प्रहरीका तीन जना, गृह मन्त्रालयका एक जना, परराष्ट्र मन्त्रालयका एक जना र वैदेशिक रोजगार प्रवर्धन बोर्डका एक जना नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर अफगानिस्तान गएको विमानस्थल कार्यालयले जनाएको छ ।परराष्ट्र मन्त्रालयले विमानको क्षमताले भ्याएसम्म अफगानिस्तानमा रहेका स्वदेश आउन इच्छुक नेपालीलाई ल्याउने जनाएको छ । मन्त्रालयका अनुसार निगमको ठूलो विमान चार्टर गरेकाले त्यसमा १२ शवसँगै घाइते र नेपाल आउन इच्छुक नेपाली कामदारलाई समेत ल्याउन सकिने छ । यस्तै अफगानिस्तान घटनाका घाइते कृष्णबहादुर देउजा र मानबहादुर थापालाई थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पताल लगिएको छ । मन्त्रालयले घाइतेका शीघ्र उपचार, शव छिटो नेपाल ल्याउने र त्यहाँ रहेको नेपालीको सुरक्षा सुनिश्चित गराउने सरकारको प्राथमिकता रहेको जनाएको छ ।।

अफगानिस्थान वहस
श्रम तथा रोजगार मन्त्रालयले अफगानिस्तान घटनाको छानविन र विश्लेषणपछि त्यहाँ कामदार पठाउन बन्द गर्नेसम्मको निर्णय लिइने स्पष्ट पारेको छ । काठमाडौंमा मंगलबार आयोजित साक्षात्कारमा मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले अफगानिस्तानमा सोमबार भएको घटना नेपालीप्रति नै लक्षित गरेको पाइए रोजगारीको लागि बन्द गरिने सम्भावना औल्याएका हुन् । भुर्तेलले मारिएका बाह्र नेपालीको शब र घाईते ल्याउने प्रयास भइरहेको भन्दै घाईतेलाई नयाँ दिल्ली ल्याएर उपचार गराउने तयारी भईरहेको पनि जानकारी दिए ।
साक्षात्कारमा बैदेशिक रोजगार विभागका महानिर्देशक शत्रुघन पुडासैनीले पाकिस्तानको नेपाली दूतावासले अनुमति दिएपछि मात्रै अफगानिस्तानको ‘ग्रीन जोन एरिया’का लागि नेपालबाट श्रम स्वीकृति दिने गरिएको जनाकारी दिए । बैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष विमल ढकालले सरकारले तोकेको मापदण्डबाहेक इराक र अफगानिस्तानमा कामदार नपठाइएको दावी गरे ।
अफगानिस्तानमा रोजगारीको लागि संस्थागतरुपमा ३ हजार ३ सय २३ र ब्यक्तिगतरुपमा ५ हजार २ सय ९१ जनाले श्रम स्वीकृति लिएको सरकारी तथ्याङ्क छ ।

Leave A Reply

Your email address will not be published.