काबुल घटनाको एनआरएनएद्वारा निन्दा,नेपाली कामदार पठाउन बन्द गर्न माग

0

काठमाण्डौ । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले १४ जनाको ज्यान जानेगरी सोमबार बिहान भएको काबुल बिष्फोटको निन्दा गर्दै ज्यान गुमाउने नेपालीप्रति हार्दिक समबेदना प्रकट गरेको छ ।
संघका अध्यक्ष शेष घलेले एक शोक बक्तब्य जारी गर्दै आतंककारी हमलामा बैदेशिक रोजगारीमा रहेका १४ जना नेपालीले ज्यान गुमाउँदा संसारभरी रहेका गैरआवासीय नेपालीहरु स्तब्ध र मर्माहत भएको बताउनुभएको छ ।
संघले यस दुखद् घटनामा ज्यान गुमाउनेका परिवारप्रति समबेदना प्रकट गर्दै घाइते नेपाली दाजुभाईको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
‘बैदेशिक रोजगारीका क्रममा हाल अफगानिस्तानमा रहनुभएका नेपालीहरुमा सुरक्षा सावधानी अपनाउन तथा संकटको अबस्थामा एक अर्कालाई सहयोग गर्न हामी हार्दिक अनुरोध गर्दछौं ।’ अध्यक्ष घलेले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।
अफगानिस्तान जस्ता उच्च सुरक्षा चुनौती रहेका स्थानमा नेपाली कामदार नपठाउन यसअघि संघले पटकपटक ध्यानाकर्षण गराउँदै आएको स्मरण गर्दै अध्यक्ष घलेले सुरक्षा जोखिम भएका मुलुकमा नेपाली कामदार पठाउने प्रकृया तत्काल बन्द गर्न र अफगानिस्तानमा कार्यरत नेपालीलाई सुरक्षित रुपमा घर फर्काउने वातावरण बनाउन नेपाल सरकारसमक्ष माग गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.