अफगानिस्तानमा नेपाली सवार बसमा आक्रमण, १४ को मृत्यु

0

काबुल । अफगानिस्तानको राजधानी काबुल सहरमा सोमबार विहान भएको आत्मघाती आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ। उक्त घटनामा अझ बढीको मृत्यु भएको हुनसक्ने र आठ जना घाइते भएको पत्ता लागेको छ ।
नेपाली ‘सेक्युरिटी कन्ट्र्याक्टर’ (करारका सुरक्षाकर्मी) सवार पहेँलो रंगको मिनी बसमा यो आक्रमण भएको अधिकारीहरूले बताएका छन् ।
सहरको बनाइ जिल्लामा पर्ने घटनास्थललाई यतिबेला प्रहरी र एम्बुलेन्सले घेरेको छ। प्रत्यक्षदर्शीले बताए अनुसार थुप्रै मृतकको शव देखिएको छ भने कम्तीमा दुई जना घाइतेलाई बसबाट निकालेर एम्बुलेन्समा राखिएको छ ।
आन्तरिक मामिलासम्बन्धि मन्त्रालयका प्रवक्ता सेदिक सिद्दिकीले १४ जना मृतको पुष्टि गर्दै प्रहरीले उनीहरुको पहिचान गरिरहेको बताएका छन्।
काबुल प्रहरीका प्रमुख अब्दुल रहमान रहिमीले मृतकहरूमा अफगानिस्तान र नेपाल दुबै मुलुकका करारमा राखिएका सुरक्षाकर्मीहरू रहेको उल्लेख गरेका छन् । ती सुरक्षाकर्मीहरू राखिएको भवनको कम्पाउन्डमा बसेको आक्रमणकारीले बस ब्यस्त सडकमा निस्कनेबित्तिकै आक्रमणको तारो बनाएको रहिमीले उल्लेख गरेका छन्। बसमा सवारसहित नजिकैको बजारका केहि मानिस पनि घाइते हुनपुगेको उनले जनाए ।
इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण चाड रमदान चलिरहेको बेला भएको यो आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएका छैनन्। यसैबीच, अफगानिस्तानस्थित वासिंगटन पोस्टका पत्रकार सैयद सलाहुद्दिनले ट्वीटमार्फत् यो घटनाको जिम्मेवारी भर्खरै तालिवानले लिएको बताएका छन् । गत महिना अमेरिकी ड्रोन आक्रमणमा परेर तालिवानका नेता मुल्लाह अख्तर मन्सुरको मृत्यु भएयता अफगानिस्तानमा जारी अशान्तिकै यो पछिल्लो रुप हो। मन्सुरको मृत्युयता यो तेस्रो ठूलो आक्रमण हो ।
– रोयटर्स

Leave A Reply

Your email address will not be published.