बेल्जियमको एन्टवेयरपेनमा कास्केली भेला

0

ब्रसेल्स । बेल्जियमको एन्टवेयरपेनमा कास्केली भेला सम्पन्न भयो । उक्त भेलाले जुलाई १० मा वेनहुसी बृहत भेला गर्ने निर्णय गरेको छ । सोही भेलाबाट कास्की समाज बेल्जियमको अधिबेशन तोकि त्यसका आवश्यक उपसमितिहरु गठन गर्ने एब्म सो भन्दा अगाडि गेन्ट शहरमा भेला परिचय कार्यक्रम गर्ने निर्णय गरियो ।
भेलाले अधिबेशनको तयारीका लागि पत्राचार एब्म सदस्यता बितरणका निमित्त सदस्य रसिद र लेटरप्याडको ब्यबस्थापनको जिम्मेवारी भेला तयारी समितीका संयोजक पुर्ण तिमिल्सिनालाई दिने निर्णय गर्दै कास्की समाज बेल्जियमको संस्था निर्माण प्रक्रिया भब्यरुपमा अगाडि बढाउने संकल्प गरियो ।
कार्यक्रममा गम बहादुर गुरुङले संस्थाको स्वरुप , भाबी कार्यक्रम , कास्कि जिल्लाको भौगोलिक अबस्था लगायत विभिन्न बिषयमा लिखित भनाइहरु राख्नु भएको थियो भने चित्र सुवेदी , जीवन गुरुङ , राज अधिकारी( रमाकान्त) , चोकराज गुरुङ , राम प्रसाद ढुङ्गाना , होम गुरुङ नन्द कुमारी गुरुङ (दुर्गा दिदि) झुमकाजी गुरुङ , मदन गुरुङ , मीन गुरुङ , बैकुण्ठ पहारी , मिन्ड गुरुङ , डिल्लीराम भण्डारी , सुर्य गुरुङ इन्द्र कुमार रानाभाट , राम गुरुङ एब्म पुर्ण तिमिल्सिना लगायत सहभागी सथिहरुले समाज गठन र यसको प्रभाबकरिता , यसका कार्यक्रम लगायत विभिन्न बिषयमा आ- भनाइहरु राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.