बेल्जियममा आतंकवादविरुद्ध व्यापक अपरेसन

0

ब्रसेल्स । बेल्जियममा आतंकवादविरुद्ध प्रहरीले व्यापक अपरेसन गरेको छ । ब्रसेल्स्मा तीन महिनाअघि भएको घातक बम विष्फोटपछि गरिएको अपरेसनका क्रममा १२ जनालाई पक्राउ गरिएको छ । सरकारी अभियोजनकर्ताहरुले पक्राउ परेकाहरु आतंकवादी आक्रमणको योजना बनाउने शंकास्पद व्यक्ति रहेको बताएका छन् ।
उनीहरु सोधपुछका लागि पक्राउ गरिएका ४० जना मध्येका हुन् । बेल्जियममा पछिल्लो समय आईएसबाट आक्रमणका धेरै चेतावनीहरु आएको बताइन्छ । गत मार्च २२ मा ब्रसेल्स्को विमानस्थल र मेट्रो स्टेसनमा गरिएको बम विष्फोटमा ३२ जनाको मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.