क्रान्तिकारी माओवादीद्वारा कार्यकर्ता रिहाइको माग

0

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी० ले आफ्ना नेता कार्यकर्तालाई झुठा मुद्दा लगाएर फसाएको भन्दै तत्काल रिहाइ गर्न माग गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी), नेवा राज्य समितिले आज यहाँ पत्रकार सम्मेलन गरी नेवा राज्य समिति सदस्य टेकबहादुर बोगटी तथा तत्कालीन एकीकृत नेकपा (माओवादी) का सदस्य मानबहादुर विष्ट र कार्यकर्ता दिलबहादुर खत्रीलाई काठमाडाँै जिल्ला अदालतद्वारा छ वर्षको जेल सजाय सुनाएर अन्याय गरेको भन्दै रिहाइको माग गरेको हो । आर्थिक लेनदेनमा विवाद भएपछि सुरु भएको घटनामा अपहरणको झुठा मुद्दा लगाई फसाइएको पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave A Reply

Your email address will not be published.