काठमाडौँ बारमा थपलिया विजयी

0

काठमाडौं ।काठमाडौँ बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा प्रजातान्त्रिक समूहका लक्ष्मण थपलिया विजयी हुनुभएको छ । शनिवार भएको निर्वाचनको आज सम्पन्न मतगणना अनुसार अध्यक्षमा थपलियाले ८१० मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी प्रजातान्त्रिक समूहकै अर्का उम्मेदवार तेजबहादुर रावलले ५६० र रमेशराज शर्मा सिग्देलले ६४ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै, उपाध्यक्षमा मदन रेग्मी ७६० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नारायण शर्मा ५२६ र किशोरकुमार खतिवडाले १२२ मत प्राप्त गर्नुभएको थियो । सचिवमा रामचन्द्र कार्कीले ६५१ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी छविरमण निरौलाले ६५० मत प्राप्त गर्नुभयो ।
यस्तैगरी, सहसचिवमा रञ्जीता कार्कीले ६६२ मत ल्याई विजयी हुनुभयो । उहाँकी प्रतिद्वन्द्वी लक्ष्मी थापा खड्काले ६१९ मत प्राप्त गर्नुभएको थियो । कोषाध्यक्षमा सञ्जीवकुमार लामाले ६८९ प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी जगनाथ श्रेष्ठले ५८२ मत प्राप्त गरी पराजित हुनुभयो ।
नवनिर्वाचित सदस्यमा जयराम श्रेष्ठ, अप्सरा ढकाल, राधिका लामिछाने, भरतराज उपाध्याय, कमलराज अधिकारी, जयन्तकुमार ढकाल, उज्वलराज श्रेष्ठ, गणेश न्यौपाने, बद्रीविक्रम थापा, जगदीश अर्याल, पुरुषोत्तम अधिकारी, रामपुकार महतो, रामचन्द्र पौडेल, गोकुल भण्डारी विजयी हुनुभएको छ ।
प्रजातान्त्रिक र प्रगतिशील पक्षबीच भएको चुनावी प्रतिस्पर्धामा पदाधिकारीसहित १९ नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो । कुल मतदाता दुई हजार ४४४ रहेका थिए । त्यसमा एक हजार ४४३ मत खसेको थियो ।

Leave A Reply

Your email address will not be published.