बन्दले सर्वसाधारणलाई सास्ती

0

काठमाडौं । विभिन्न समूह र राजनीतिक दलले गर्ने बन्द, हडताल, चक्काजाम जस्ता गतिविधिले जनता सास्ती ब्यहोर्न बाध्य छन् । जनताका लागि भन्दै गरिने बन्द, हडताल र चक्काजाम जस्ता गतिविधिले आमजनता नै पीडित हुन्छन् भन्नेतर्फ राजनीतिक दलहरुको पटक्कै ध्यान पुगेको छैन वा पुगेर पनि उनीहरुले त्यसलाई बेवास्ता गरिरहेका छन् ।
आमजनता अर्थात् हुँदा खाने समूह । जो समाजमा हुने जस्तोसुकै राजनीतिक गतिविधि तथा अन्य घटनाक्रमबाट सबैभन्दा बढी प्रभावित र पीडित हुने समूह पनि हो । आफू र आफ्नो परिवार अनि समाजको जीवनस्तरमाथि उठ्ने आशामा जनताको यही समूहले विगत लामो समयदेखि राजनीतिक दलहरुका हरेक गतिविधिमा होस्टेमा हैंसे गरी नै रहे ।
तर, दुर्भाग्य राजनीतिक परिवर्तनमा सबैभन्दा बढी भूमिका खेलेको जनतालाई नै सास्ती हुने गरी राजनीतिक दलहरुले बन्द र हडताल गर्ने गरेका छन् । बिहीबार नेक्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको चपेटामा पनि विशेष गरेर यही समूह पर्नुपर्‍यो । अस्पताल, विद्यालय हिँडेका हुन् वा अत्यावश्यक काममा निस्केकादेखि  विदेशको यात्रा तय गरेकाहरु सबैले निक्कै ठूलो सास्ती ब्यहोर्नुपर्‍यो ।

Leave A Reply

Your email address will not be published.