संविधान जारीपछि राजनीतिक लडार्इं समाप्त : गृहमन्त्री बस्नेत

0

नेपालगन्ज । बाके जिल्लाको कोहलपुर नगरपालिकामा आजदेखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आएको छ । इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि कोहलपुर नपा र आसपासका सात गाविसका नागरिक नागरिकता, राहदानीलगायत प्रशासनिक कामका लागि नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालय जानुपर्ने बाध्यताको समेत अन्त्य भएको छ ।
कोहलपुर क्षेत्रअन्तर्गत महादेवपुरी, चिसापानी, कचनापुर, नौबस्ता, खासकुस्मा, वनकटुवा र शमशेरगन्ज गाविसका करिब दुई लाख मानिस इलाका प्रशासन कार्यालयको सेवाबाट लाभान्वित हुने विश्वास गरिएको छ ।
कोहलपुर नगर विकास समितिले उपलब्ध गराएको भवनमा स्थापना गरिएको सो इलाका प्रशासन कार्यालयको गृहमन्त्री शक्तिबहादुर बस्नेतले आज उद्घाटन गर्दै नागरिकको घरदैलोमा सेवा उपलब्ध गराउनु सरकारको पहिलो प्राथमिकताको विषय भएको बताउनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले परिकल्पना गरेको स्थानीय संरचना गाउँ तहसम्म विस्तार गर्नेतर्पm सरकार क्रियाशील रहेको पनि बताउनुभयो ।
संविधान जारी भएपछि मुलुकको राजनीतिक लडाईं समाप्त भएको बताउँदै गृहमन्त्री बस्नेतले संविधानले कसैलाई पनि विभेद नगरेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – “सरकारले बजेटमार्पmत ल्याएको नीति तथा कार्यक्रम जनमुखी र विकासमुखी छ । यसमा कसैले रुवाबासी गर्नुपर्ने आवश्यकता छैन ।” सो इलाका प्रशासन कार्यालयका लागि हाल एक शाखा अधिकृत, दुई जना नायब सुब्बा, एक सहलेखापाल, एक कम्प्युटर सहायक र दुई जना कार्यालय सहयोगीको व्यवस्था गरिएको छ ।

Leave A Reply

Your email address will not be published.